चुनाव लक्षित प्रेस चौतारी नेपालको बैठक सम्पन्न

हस्त चाैलागाँई

कालिकोट १६ माघ।

फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रेस चौतारी नेपालको बैठक सम्पन्न भएको छ। निर्वाचनपूर्व रिपोर्टिङदेखि लिएर निर्वाचन प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउन प्रेस चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने निष्कर्षसहित बैठक सम्पन्न गरिएको हो।
बैठकमा प्रेस चौतारी नेपालका कर्णाली प्रदेश इन्चार्ज यम शर्माले सञ्चारकर्मीहरूले सत्य, सन्तुलित र जिम्मेवार पत्रकारिता मार्फत लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले निर्वाचनको संवेदनशील समयमा अफवाह र भ्रामक सूचनाबाट समाजलाई जोगाउन प्रेसको भूमिका अझ जिम्मेवार हुने बताए।

कार्यक्रममा नेकपा एमालेका युवा नेता लक्ष्मण बहादुर बमले शान्तिपूर्ण निर्वाचनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पत्रकारिता र राजनीतिबीचको स्वस्थ सम्बन्ध लोकतन्त्रको आधार भएको धारणा राखे।
नेकपा एमालेका पार्टी सचिव पुष्पराज आचार्यले निर्वाचन लोकतन्त्रको पर्व भएकाले यसलाई शान्तिपूर्ण, मर्यादित र विश्वसनीय ढंगले सम्पन्न गराउन सञ्चारकर्मीको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने बताएका छन्। उनले सत्यमा आधारित, सन्तुलित र जिम्मेवार समाचार सम्प्रेषणले जनविश्वास बढाउने उल्लेख गर्दै कुनै पनि किसिमका अफवाह, उत्तेजना र भ्रामक सूचनाबाट समाजलाई जोगाउनु आजको आवश्यकता भएको बताए। साथै उनले प्रेस स्वतन्त्रताको सम्मान गर्दै आचारसंहिताभित्र रहेर गरिने पत्रकारिताले लोकतन्त्रलाई अझ सबल बनाउने धारणा राखे।
प्रेस चौतारीका नेता खडानन्द अधिकारीले निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा उल्लेख गर्दै यस अवधिमा पत्रकारहरूले पेशागत इमानदारी, निष्पक्षता र जिम्मेवारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। उनले भ्रामक सूचना र अफवाह नियन्त्रणमा प्रेसको भूमिका निर्णायक हुने भन्दै शान्तिपूर्ण निर्वाचन सफल पार्न सबै सञ्चारकर्मी एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश अध्यक्ष प्रेमराज सिम्खाडाले निर्वाचन अवधिमा पत्रकारिताले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी वहन गर्ने बताउँदै सत्य, सन्तुलित र जिम्मेवार रिपोर्टिङमार्फत शान्तिपूर्ण र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न प्रेस चौतारी प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।
नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टले निर्वाचनको संवेदनशील समयमा पत्रकारहरूले सत्य, निष्पक्ष र जिम्मेवार रिपोर्टिङ गर्नुपर्ने बताए। उनले आचारसंहिता पालना गर्दै शान्तिपूर्ण निर्वाचनमा सञ्चार क्षेत्रले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए।

प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष रमेश कुमार सोनीको अध्यक्षतामा सम्पन्न बैठकले निर्वाचन अवधिभर जिम्मेवार रिपोर्टिङ, आचारसंहिता पालन र सामाजिक सद्भाव कायम गर्न सञ्चारकर्मीहरू प्रतिबद्ध रहने सहभागी पत्रकारहरुले घाेषणा गरेका छन् । कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ता,प्रेस चाैतारी नेपाल कालिकाेट र कर्णाली प्रदेशका पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

चुनाव लक्षित प्रेस चौतारी नेपालको बैठक सम्पन्न

फागुन २१ को निर्वाचन लाई लक्षित गर्दै

चुनाव लक्षित प्रेस चौतारी नेपालको बैठक सम्पन्न

हिउँदे वर्षाले काँचो इँटामा क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds