कनकासुन्दरी शिविरमा ६ सय ३८ स्थानीय लाभान्वित

गाेल्डेन बुढा

जुम्ला,१५ चैत।
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा सञ्चालन गरिएको एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण जीवनको कठोर यथार्थ, स्वास्थ्य सेवाको अभाव र विशेषगरी महिलाहरूले भोग्दै आएको मौन पीडालाई एकैपटक उजागर गरेको छ।गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा क्याड नेपाल नेपालको समन्वयमा हाटसिंजा–४ स्थित स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा कुल ६ सय ३८ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

गाउँपालिका स्वास्थ्य शाखा निरीक्षक बिरेन्द्र प्रसाद उपाध्यायका अनुसार नाक, कान, घाँटीका १ सय ३८, दाँतका १ सय १८, पाठेघरसम्बन्धी १ सय ३८, सुगर रोगका ९१, गर्भवती महिलाको भिडियो एक्सरे ३८, हाडजोर्नी तथा अन्य रोगका १ सय ५ र पोषण परीक्षणका १० जनाले सेवा लिएका छन्।संख्याले देखाएको यो उपस्थितिले दुर्गम क्षेत्रमा लुकेर बसेका स्वास्थ्य समस्याहरूको गम्भीरता मात्र होइन, सेवामा पहुँच नहुँदा मानिसहरू कति लामो समयसम्म रोग सहेर बस्न बाध्य छन् भन्ने पनि स्पष्ट पार्छ।यहाँ उपचार लिनु भनेको केवल अस्पताल पुग्नु होइन,सदरमुकामसम्मको लामो यात्रा, महँगो यातायात भाडा, होटल बसाइ, खाना–नास्ता खर्च, र समयको ठूलो लगानी। धेरैका लागि यो प्रक्रिया सम्भव नभएपछि रोगलाई नै जीवनको हिस्सा मानेर बस्ने अवस्था रहँदै आएको छ।यही सन्दर्भमा गाउँमै पुगेको स्वास्थ्य शिविर स्थानीयका लागि ठूलो राहत बनेको छ। “सदरमुकाम जानु पर्दैन, पैसा बच्यो, समय बच्यो, घरमै डाक्टरबाट राम्रो उपचार पाइयो,” सहभागीहरू बताउँछन्। निःशुल्क औषधी प्राप्त हुनु र दक्ष चिकित्सकबाट प्रत्यक्ष परामर्श पाउनु उनीहरूका लागि नयाँ अनुभव बनेको छ।तर, यस शिविरको सबैभन्दा गहिरो पक्ष महिलाहरूको अनुभवमा देखिन्छ।ग्रामीण महिलाहरूको दिन श्रमले भरिएको हुन्छ,पानी, दाउरा, घाँस, खेत, बालबालिका र घरको जिम्मेवारी। तर आफ्नै स्वास्थ्यबारे सोच्ने समय र अवसर उनीहरूसँग हुँदैन। शरीरमा देखिएका समस्या,सेतोपानी बग्ने, चिलाउने, गनाउने, पाठेघरसम्बन्धी जटिलता,लाज, डर र अभावका कारण वर्षौँसम्म लुकाइन्छ।जुम्लाको कनकासुन्दरी गाउँपालिका -५ कि ४६ वर्षीया नन्दकन्या उपाध्यायले नाक, कान, घाँटी जाँच गराउँदै वर्षौँ पुरानो समस्या देखाइन्। यस्तै ५२ वर्षीया छत्तु जिसीले पहिलोपटक पाठेघर परीक्षण गराइन्। अर्की ६२ वर्षीया उर्वा उपाध्यायले दाँतको उपचार पाउँदा राहत महसुस गरिन्। उनीहरूका अनुभवमा एउटै कुरा साझा छ,“पहिला भन्न सकिएन, अहिले खुलेर भन्न पाइयो।”“घरमै डाक्टर आउँदा मन खुलेर रोग भन्न पाइयो,” जिसीले भनिन्, “हामीलाई पनि कसैले सुन्छ भन्ने लाग्यो।”क्याड जुम्लाका रियाेजना संयाेजक राजेश प्रकाश यरिका अनुसार प्लान इन्टरनेशनल नेपाल, क्याड नेपाल जुम्ला र किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान को प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरले देखाएको छ।सहकार्य र प्रतिबद्धता भए दुर्गमसम्म सेवा पुर्‍याउन सम्भव छ।

गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आर्चायले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। तर, प्रश्न अझै बाँकी छ,के वर्षमा एक पटकको शिविरले यो गहिरो समस्या समाधान गर्न सक्छ?स्वास्थ्यकर्मीहरु भन्छन्, शिविरले तत्काल राहत दिन्छ, तर दीर्घकालीन समाधानका लागि स्थायी स्वास्थ्य संरचना, दक्ष जनशक्ति, नियमित औषधी आपूर्ति र स्वास्थ्य सचेतना अनिवार्य छ। विशेषज्ञ डाक्टर सुवास झा,अनुपम काेइराला, डाक्टर प्रदेश काेईराला लगायतका डाक्टरहरु थिए।

कनकासुन्दरी शिविरमा ६ सय ३८ स्थानीय लाभान्वित

२३–२४ भदौको जेन–जी आन्दोलन तत्कालिन प्रधानमन्त्री ओली

कनकासुन्दरी शिविरमा ६ सय ३८ स्थानीय लाभान्वित

बाँकेमा जलेको अवस्थामा युवतीको शव फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds