जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी, ११ चैत । 

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको छ । दोगडाकेदार गाउँपालिका–३ का पुरुषको घुडामुनिको दुवै हड्डीको सानो चिराबाट हाडजोर्नीको जटिल शल्यक्रिया सफल भएसँगै उक्त सेवा सुरु भएको हो ।  

सानो चिरा (क्लोज रिडक्सन एण्ड इन्टरनल फिक्सेसन विथ आइएमआइएल नेलिङ) पारेर गरिने शल्यक्रिया सफल भएको हो । सानो चिरा पारेर गरिने शल्यक्रिया यहाँका लागि पहिलो शल्यक्रिया भएको जिल्ला अस्पतालका चिकित्सक अरविन्द जोशीले जानकारी दिए । “हामीले हाडजोर्नीको जटिल शल्यक्रिया अस्पतालमा गर्न सफल भएका छौँ । यसले यहाँका सेवाग्राहीलाई सहज हुने भएको छ”, उनले भने । 

यसअघि हाडजोर्नी रड राखेर मात्रै शल्यक्रिया गरिने जनाउँदै उनले सानो चिराबाट शल्यक्रिया गर्न सकिने डा जोशीले बताए । हाडजोर्नी विषेशज्ञ डा. दीपेन्द्र भण्डारी र जनरल फिजिसियन जोशीलगायत टोलीले उक्त शल्यक्रिया गरेका हुन् । 

हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएसँगै बिरामीले कम खर्चमै जिल्ला अस्पतालमा नै यो सेवा पाउने छन् । जिल्ला अस्पतालमा चार जना विशेषज्ञसहित १० जना मेडिकल अधिकृत कार्यरत रहेका जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए 

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

रुकुम पूर्वको दुर्गम बस्तीमा  सेनाको स्वास्थ्य शिविर

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

रास्वपाको आरोहण: रमेश प्रसाईँको गौरवपूर्ण उपस्थिति र

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds