विपद् प्रतिकार्यमा स्रोत साझेदारी  गर्दै सुर्खेतका स्थानीय तह 

सुर्खेत, ११ चैत ।

सुर्खेतका नौ वटै स्थानीय तहले प्राकृतिक विपद्सँग लड्न स्रोत साझेदारी गर्ने भएका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मौसमी प्रकोपजन्य विपद्पूर्वको तयारी र विपद्पछिको प्रतिकार्यसँग लड्न उपलब्ध स्रोत, साधन र प्रविधिको साझेदारी गर्ने पालिकाहरु बिच समझदारी भएको हो । 

जसका लागि आपत्‌कालिन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८२ बनाइएको छ । यो कार्यविधिमार्फत जिल्लाका नौ वटै स्थानीय तहमा आपत्‌कालिन सेवाका क्रममा विपद् प्रतिकार्यका लागि आवश्यक मानविय, आर्थिक तथा प्राविधिक स्रोत साधानको व्यवस्थापन गरी अन्तर स्थानीय तह आपत्‌कालिन सेवालाई व्यवस्थित बनाइने छ ।

मंगलबार जिल्ला समन्वय समिति सुर्खेतको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपि, युनिसेफ, युएनयुमन र ह्याण्डिक्याप इन्टरनेशनलको प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाको स्थानीय सहजिकरणमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर २) परियोजना अन्तर्ग गाउँपालिका तथा नगरपालिका प्रमुखहरुको उपस्थितिमा अन्तरपालिकास्तरिय स्रोत साझेदारी संयन्त्र निर्माण तथा सिकाई आदान प्रदान कार्यशालामार्फत आपत्‌कालिन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधिलाई अन्तिम रुप दिन समिति गठनसमेत गरिएको छ । उक्त समितिले कार्यविधिको मौस्यौदामाथि आवश्यक अध्ययन गरी अन्तरपालिका साझेदारीको मोडालिटी तय गर्नेछ । 

सुर्खेत जिल्ला भित्र रहेका स्थानीय तहहरु बीच समन्वय, सहकार्य, सहलगानी र एक आपसमा सिकाई आदान प्रदान गर्ने र विपद पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी गराउन जिल्लास्तरमा अन्तरपालिका सञ्जालको आवश्यकता महसुस गरिएको पालिका प्रमुखहरुले बताएका थिए । विपद्को समयमा आवश्यक पर्ने उद्दार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक खाद्यान्न, लत्ता कपडा, स्वास्थ्य सेवा, अस्थायी आवास आदि जस्ता अत्यावश्यक सेवा प्रवाहमा अन्तरपालिका सहयोग आदान प्रदानका व्यवहारिक अभ्यास हुँदै आएको छ । यसलाई थप सुढृढ र व्यवस्थित गरी संशाधनमा पनि सहयोग पुर्‍याउन अन्तरपालिका संयन्त्रको दस्तावेज तयार गरी अघि बढ्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले बताए । उनका अनुसार विपद्को समयमा आवश्यक पर्ने बस्तु तथा सेवालाई यस संयन्त्रले परिचालनमा सहयोग पुग्नेछ ।

विपद् प्रतिकार्यमा स्रोत साझेदारी   गर्दै सुर्खेतका स्थानीय तह 

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा 

विपद् प्रतिकार्यमा स्रोत साझेदारी   गर्दै सुर्खेतका स्थानीय तह 

रुकुम पूर्वको दुर्गम बस्तीमा  सेनाको स्वास्थ्य शिविर

Leave a comment

Your email address will not be published. Required fields are marked *