कालिमाटीमा १२ खानेपानी योजनाका मर्मतसम्भार कार्यकर्तालाई सातदिने आधारभूत तालिम

सल्यान ,११ माघ।

सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा पिप्ले खानेपानी तथा सरसफाइ योजनाअन्तर्गत १२ वटा खानेपानी योजनाका ग्रामीण मर्मतसम्भार कार्यकर्तालाई सातदिने आधारभूत तालिम सुरु गरिएको छ। एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत हेल्भेटास नेपाल र कालिमाटी गाउँपालिकाको आर्थिक साझेदारी तथा सुन्दर नेपाल संस्थाको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।


तालिम पिप्ले खानेपानी तथा सरसफाइ योजनाका कोषाध्यक्ष भूमिसरा वलीको अध्यक्षतामा तथा कालिमाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर वलीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो। कार्यक्रममा कालिमाटी गाउँपालिका–४ का वडाध्यक्ष बेलबहादुर चन्द विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
तालिममा लेकवेशी नगरपालिका, गुर्भाकोट नगरपालिका, चिङ्गाड गाउँपालिका, सिम्ता गाउँपालिका र सल्यानको कालिमाटी गाउँपालिकाका विभिन्न खानेपानी योजनामा कार्यरत १२ जना ग्रामीण मर्मतसम्भार कार्यकर्ताको सहभागिता रहेको छ। खानेपानी योजनाको दिगो सञ्चालन, मर्मतसम्भार क्षमता अभिवृद्धि र सेवाको निरन्तरताका लागि तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।


सातदिने तालिमको सहजीकरण मुख्य प्रशिक्षक उमेश कडेल, तिलकबहादुर पुन र कमल बोहराले गर्नुहुनेछ भने फिल्ड प्राविधिक विनोद भण्डारीले तालिम सञ्चालन गरिरहेका छन्। तालिम कार्यक्रममा सुन्दर नेपालका कार्यकारी निर्देशक भुपेन्द्र प्रसाद कडेल र हेल्भेटास नेपालका प्राविधिक अधिकृत प्रेमबाबु श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ।


तालिममार्फत सहभागी कार्यकर्तालाई खानेपानी संरचना मर्मत, नियमित निरीक्षण, सामान्य प्राविधिक समस्या समाधान, सरसफाइ प्रवर्द्धन र समुदायसँग समन्वय गर्ने सीप प्रदान गरिनेछ। यसले ग्रामीण क्षेत्रमा खानेपानी सेवाको गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।


उक्त तालिमको अनुमानित बजेट २ लाख ६१ हजार ८७० रुपैयाँ रहेको छ। स्थानीय तह, विकास साझेदार र प्राविधिक संस्थाबीचको सहकार्यले ग्रामीण खानेपानी प्रणालीलाई दिगो बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।

कालिमाटीमा १२ खानेपानी योजनाका मर्मतसम्भार कार्यकर्तालाई सातदिने आधारभूत तालिम

राष्ट्रिय सभा निर्वाचन लुम्बिनीबाट झाँक्री, घिमिरे र

Leave a comment

Your email address will not be published. Required fields are marked *