घुयँत्राे:“चिन्ह गगनले लग्यो, देउबाले मुद्दा बोके: कांग्रेसको नयाँ खेल!”

यसाे कुराे बुझ्दा देउबाकाे कुनचाईँ वकिलले देउबा टिमलाई छत्र्याईदेछ । विशेष अधिबेशनाँ भक्काभक आफ्ना मान्छे नि पठाएर सहि गराउने र बहुमत पुर्याउने अनित्याँट हैनहै विशेषमहाधिबेशन वैध छैन भनेर तर्क गरेर हुन्छ । जुन मुद्दामा बहुमत पुग्ने वित्तिकै बहुमतवालाले आफ्नो कव्जा र हक जनाउनलपाउँछ अर्थात बहुमत पुर्याउने वालाकाे पक्षमा स्वतह मुद्दा जान्छ भने त्यस्ताेमा अर्काे पक्षले निर्णय आफ्नो पक्षाँ आउँछ भनेर तर्क गर्नु बेकारछ र थियाे । तर देउबाका पक्षधरहरु सारा वारएसाेसियसन र संविधानविदहरुले गरि रहेकाे तर्ककाे विपक्षाँ त्याे याैटा वकिलकाे भनाईमा लागेर अरुकाे कुरै नसुन्ने र अरुलाई मान्छ्यै नगन्ने बाटाेमा लागेछि निर्वाचन आयाेगले थापालाई चुनाब चिन्ह दियाे तबमात्र झल्याँस्स व्युँतिएकाछन अब कामकुराे विग्रेछि व्युँतिएर क्यार्ने हाे र ! अरु त अरु शेखर काेईराला समेत विशेष महाधिवेशनमा छक्किएछन । भएछ के त भन्दा मलाईनै अध्यक्ष भन्देलान र म अध्यक्ष भै जाम्ला भनेर आफ्ना पक्षका प्रतिनिधिलाईनप भक्काभक सहि गर्न पठाएछन अनि विशेषमहाधिबेसनमा बहुमत पनि पुग्याे अनि लास्टाँ पाटि कमिटि गठन गर्ने बेलाँत गगनकाे ग्रुपले आँफुबाहेक अरु कसैकानि समर्थकलाई कमिटीकाे कुनै पनि पदाँ नल्याईदेछि काेईराला मात्रै हैन सबै चित खाए र अनि बल्ल था पाएकि गगनले त सिध्याएछ भन्ने । त्यसैले नेताजीहरु तपाईंहरु सडेकाे अनाबस्यक घेरा र आपसाँ छलफल र सहमति नगर्नाले हाे ।सबै कार्यकर्तालाई झाेले देख्ने अनि तिनरका कुरा नसुन्ने सबै कार्यकर्ता त झाेले हुन्नन त ! उनिहरु पनि तर्क गर्न र सल्लाह दिन सक्छन । तर तपाईंहरकाे साेच तिनिहरु विबेकशून्यछन तिनलाई केही आउँदैन भन्ने जुन प्रवृत्ति छ त्यसलेनै ऐले धाेका मिलेकाे हाे । उता गगनका समुहले संगठनमा कब्जा जमाउन पाउने बहुमत पुर्याउने बित्तिकै संगठनमा नि पुरै आफ्नो टिम बनाएर राखे सबै पदमा सेटिङ गरेर भ्याएछि निर्वाचन आयोगतिर कुदेछिनै उनरु ढुक्क थिएकि चिन्ह आफ्नो हुन्छ भन्ने नभन्दै भयाे पनि । देउबाका छत्रछायाँवाला एक आयाेग बुर्कुसि मारे आए । उनरलाई त आयाेग जाँदा वकिलनि चाईएन । आँफै बेलि बिस्तार लाए ,आन्दोलन गर्ने र अदालत जाने ईस्यु ल्याए गए । अब अरु चुनाबमा जान उमेदवारी दर्ता गर्न निर्वाचन आयाेग जान्छन र चुनाबका लागि गाउँ छिर्छन तर देउवा पक्ष अदालत जाने र मुद्दा कुरी बस्ने हाेलान । ल देउवाका समूह त पटक्कै सुधार हुन नचाहने र युवाकाे विरुद्ध मै जुटेका र जुटने भएकाले गगनले उनरलाई ठाउँदिन तयारनै थिएन रे ! तर यता शेखर भन्या त गगन कै मान्छे त हुन तर उनी पनि पाटि फुटन दिन्न भन्ने बहानाँ देउबातिर लाग्दा छत्रिए भन्ने सुनिन्छ कुराे के हाे था छैन । गगनले शेखरलाई आफ्नो मान्ने भए पाटि कमिटियाँ शेखरका मान्छे याैटानि नपर्या किन हुन कुन्नि । आफ्नो मान्छे नपरेछि त कमसेकम किन राखेत भनेर साेच्नु पर्छ नि त्यत्ति पनि था नपाउनेले के काे राजनीति गर्नु । लअब ५ बर्ष न चुनाब लडनु न पाटि दर्ता गर्नु ! चुप्प लाग्ने बस्ने । हेरम्न गगन र विश्वले के गर्दारैछन । अनि अर्जुन नर्सिङ र तिनका छ्याँवलवाला जेनजीले के के सिकाउँदा रैछन, देशलाई कुनबाटाे हिँडाउँदा रैछन । भष्टाचार कसरी निर्मुल हुँदाे रैछ । के गरम्त अब ! अरुले के गर्दारैछन त्याे हेर्ने बाहेक हाम्रा हाताँ केई छैन । हरि ॐ तस्सत !






