महिनावारीसम्बन्धि मार्गदर्शन सार्वजनिक

सुर्खेत, ३ माघ ।

कर्णाली प्रदेश सरकारकाले महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धि मार्गदर्शन, २०८२ सार्वजनिक गरेको छ । सामाजिक विकास मन्त्रालयले बनाएको उक्त मार्गदर्शन शुक्रबार औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । गैरसरकारी संस्था कृपा र बाथ विश्वविद्यालयको सहयोगमा सामाजिक विकास मन्त्रालयले महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धि मार्गदर्शन, २०८२ तयार पारेको हो ।

महिनावारी सचेतना, महिनावारी स्वास्थ्य सेवा विस्तार, महिनावारीसँग सम्बन्धित सेवा तथा सामग्री गुणस्तरी बनाउने, महिनावारी सामग्रीको उपयुक्त वितरणको उद्देश्यका साथ यो मागदर्शन बनाईएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत महेश शर्माले बताए ।

मार्गदर्शन सार्वजनिक कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा महिनावारीबारे चेतनाको स्तर वृद्धि गर्न मार्गदर्शनले सहजीकरण गर्ने बताए ।  महिनावारी न्याय, व्यवस्थापन, महिनावारी सामग्री खरिद, वितरण, व्यवस्थापन जस्ता कुरामा यो मार्गदर्शन प्रभाकारी हुने अपेक्षा गरिएको उनले बताए ।

कार्यक्रममा कृपा संस्थाका सहनिर्देशक डा. महेश पुरीले कर्णाली प्रदेश सरकारले अग्रता लिएर बनेको यस्तो दस्तावेज अन्य प्रदेशमा बन्न नसकेको बताए । बाथ विश्वविद्यालयका प्राध्यापक डा. मेलनी चाननले यो महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धि मार्गदर्शनले अरु प्रदेशलाइ पनि सिकाइ हुने बताइन् । उनले प्रदेशको यो मागदर्शन एक उदाहरणका रुपमा प्रस्तुत भएको बताइन् । महिनावारी स्वास्थ्य र न्यायको क्षेत्रमा नेपाललाइ निरन्तर सहयोग गर्न बाथ विश्वविद्यालय प्रतिवद्ध रहेको चाननले बताइन् ।

यौन तथा प्रजनन विशेषज्ञ डा. राजेन्द्र भद्राले महिनावारी सचेतना नहुँदा नकारात्मक प्रभाव भोग्नुपरेको समयमा यो मागदर्शनले सकारात्मक नतिजा दिने अपेक्षा गरिएको बताए । महिनावारी हुँदा प्रयोग गरिने प्याडको समेत उपयुक्त तरिकाले विसर्जन नहुँदा वातावरणमा असर परेको उनले बताए । यस्ता विविध महिनावारीसँग सम्बन्धित समस्या समाधानका लागि मागदर्शनले भूमिका खेल्ने अपेक्षा गरिएको डा. भद्राले बताए ।

महिनावारीसम्बन्धि मार्गदर्शन सार्वजनिक

विचारः शिक्षामा स्वजागरणको अभ्यास

Leave a comment

Your email address will not be published. Required fields are marked *