‘निडल फेल्ट क्रिएसन’ : सीप, सिर्जना र रोजगारीमार्फत महिला सशक्तीकरणको नयाँ उडान

काठमाडौँ ,३० फाल्गुन ।

नेपाली कला, सीप र दिगोपनको अभ्यासलाई एकै ठाउँमा जोड्दै निडल फेल्ट क्रिएसन नेपालकै सबैभन्दा ठूलो फेल्ट उत्पादन गर्ने उद्योगका रूपमा स्थापित हुन सफल भएको छ। विशेषगरी विवाहित महिला तथा आर्थिक कठिनाइ भोगिरहेका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना गरिएको यो संस्था महिला सशक्तीकरणको प्रभावकारी उदाहरणका रूपमा पनि चिनिन थालेको छ।
प्रेम कुमारी चौहानद्वारा स्थापित र सञ्चालित निडल फेल्ट क्रिएसनले सीपमूलक रोजगारीलाई प्राथमिकता दिँदै महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने अभियानलाई अघि बढाइरहेको छ। संस्थाले महिलाहरूलाई रोजगारी प्रदान गर्दै उनीहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै समाजमा सम्मानजनक स्थान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
हाल यस संस्थाले मुख्य कारखानामा करिब ३०० जनालाई र अन्य शाखाहरू मार्फत थप ३०० जनालाई गरी जम्मा ६०० जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ। तीमध्ये अधिकांश कर्मचारी महिला रहेका छन्। काम गर्न इच्छुक महिलाहरूलाई कारखानामै बोलाएर कामको अवसर उपलब्ध गराइने व्यवस्था छ भने विभिन्न कारणले बाहिर आउन नसक्ने महिलाहरूका लागि घरमै बसेर काम गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ। यसले पारिवारिक जिम्मेवारीका कारण बाहिर काम गर्न नसक्ने महिलाहरूलाई समेत आर्थिक गतिविधिमा सहभागी हुन सहज बनाएको छ।
निडल फेल्ट क्रिएसनले रुवाबाट तथा अन्य सामग्री प्रयोग गरी उच्च गुणस्तरका हस्तनिर्मित उत्पादनहरू तयार गर्दै आएको छ। विशेषगरी बिरालोका लागि घर, बल, खेलौना, मूर्ति तथा अन्य सजावटी सामग्री उत्पादनमा यो संस्था सक्रिय छ। दक्ष तथा तालिमप्राप्त महिला कर्मचारीहरूको टोलीले ग्राहकको माग अनुसार विभिन्न डिजाइनका सामग्री तयार पार्ने गर्छ।
यसका साथै संस्थाले बल्क अर्डर तथा प्राइभेट लेबलिङ सेवा समेत प्रदान गर्दै आएको छ। यस सेवामार्फत ग्राहकहरूले आफ्नै डिजाइन र ब्रान्ड अनुसारका उत्पादनहरू अर्डर गर्न सक्ने सुविधा पाएका छन्, जसले संस्थाको उत्पादन क्षमता र बजार विस्तारमा थप योगदान पुर्‍याएको छ।
कला र सीपको संरक्षण, महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण र गुणस्तरप्रति प्रतिबद्धताले निडल फेल्ट क्रिएसनलाई दिगो विकास सम्भव छ भन्ने उदाहरणका रूपमा उभ्याएको छ।
संस्थाले हाल वाला गाउँ, मच्छेगाउँ, जोरपाटी, दहचोक र उपत्यका बाहिर निजगढ गरी पाँच स्थानबाट सेवा विस्तार गरेको छ। शाखा विस्तारसँगै विकेन्द्रीकरणलाई टेवा पुग्ने र रोजगारीको खोजीमा विदेश वा सहर पस्नुपर्ने बाध्यता क्रमशः घट्ने अपेक्षा गरिएको छ।
यस प्रकारका सीपमूलक उद्योग तथा सामाजिक उद्यमहरूको स्थापना आफैँमा विकासका महत्वपूर्ण सूचक मानिन्छन्। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउने पहलले समाजमा दिगोपन र समावेशी विकासको सन्देश प्रवाह गरिरहेको छ।

‘निडल फेल्ट क्रिएसन’ : सीप, सिर्जना र रोजगारीमार्फत महिला सशक्तीकरणको नयाँ उडान

ग्यास अभावले जुम्लामा पहिलोपटक लाइन, ट्रकबाटै वितरण

‘निडल फेल्ट क्रिएसन’ : सीप, सिर्जना र रोजगारीमार्फत महिला सशक्तीकरणको नयाँ उडान

जनताको पक्षमा दृढ भएर उभिनु आवश्यक: मुख्यमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds