एक सातादेखि इनिसाको शव प्रदेश अस्पतालमा कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

ओम शाही

सुर्खेत, ३० फागुन ।

वीरेन्द्रनगर नगरपालिका–१, की १६ वर्षीया इनिशा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा अलपत्र जस्तै छ । गएको शनिबार इनिशा वीरेन्द्रनगर–४, को जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन । प्रहरीले घटनास्थलबाटै १६ वर्षीय बालकलाई समेत नियन्त्रणमा लिएको थियो । मृतक इनिशाको पोष्टमार्टम रिपोर्टमा शारीरिक सम्बन्धपछिको अत्याधिक रक्तश्राप मृत्युको कारण देखिएको छ । प्रहरीले उक्त प्रकरणमा अन्य तीन बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । घटनास्थलबाट पक्राउ परेका बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेपछि अत्याधिक रक्तश्रापले अचेत भएको बयान दिएका छन् । उनले इनिशा अचेत भएर ढलेपछि आत्तिएर अन्य तीन जना साथिलाई फोन गरेर घटनास्थलमा बोलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले यस विषयमा सुक्ष्म अनुसन्धान जारी राखेको छ । घटनाको थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले समेत सुर्खेत प्रहरीसँग मिलेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले छुट्टै अनुसन्धान कक्ष स्थापना गरी सिआईबीसँग मिलेर अनुसन्धान जारी रहेको बताए । उनका अनुसार पीडित र पीडकका मोबाइल लगायत विद्युतिय सामाग्री, इनिशाको भ्याजाइनल स्वाब लगायतका प्राप्त प्रमाणहरु केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टकसिकोजिकल, बायोसेरोलोजिकल परिक्षणका लागि पठाइएको छ । त्यो रिर्पोट आएपछि मात्रै  इनिशाको हत्याको रहस्य खुल्ने बुढथापाले बताए ।

प्रहरीले घटनालाई विभिन्न कोणबाट विश्लेषण गरिरहेको छ । प्रवक्ता बुढथापाले कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ (झुट बोलेको पक्ता लगाउने मसिन) गर्ने टोलीले पनि अनुसन्धान गरिरहेको छ । विस्तृत अनुसन्धानपछि मात्रै अन्य तीन बालकको संलग्ना भए/नभएको पुष्टि हुने उनले बताए । वीरेन्द्रनगर–६, स्थित उषा बालबाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा त्यसदिन प्रयोगात्मक कक्षा लिन भन्दै घरबाट निस्किएकी थिइन । घटनापछि प्रहरीले विभिन्न स्थानबाट निकालेका सीसी टिभी फुटेजमा इनिशा र ति बालकसँगै हिँडेको देखिन्छ । घटनास्थलबाट पक्राउ परेका बालकले अचनाक इनिशा बेहोस भएपछि अन्य तीन जना साथीहरुलाई बोलाएको बयान दिएपनि पीडित परिवारले भने चारै जनाको सामुहिक बलत्कारपछि हत्या भएको भन्दै कानुन बमोजिम कारवाहीको माग गरेर शव बुझ्‌न मानेका छैनन् । पीडित परिवारले २५ फागुनमा पक्राउ परेका चारै जनाविरुद्ध  कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका थिए ।

परिवारको जाहेरीपछि भेरी अस्पताल बाँकेका फेरेन्सिक विशेषज्ञ डाक्टर अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल पुगेर इनिशाको शव परीक्षण गरेको थियो । उक्त परीक्षणबाट जबरजस्ती करणीका क्रममा संवेदनशील अंगमा गम्भीर चोट लागेर अत्यधिक रक्तस्राव भई उनको मृत्यु भएको उल्लेख छ । घटना घटेको एक सातासम्म पनि वास्तविक तथ्य बाहिर नल्याएको भन्दै परिवारले इनिशाको शव बुझ्‌न मानेका छैनन् । सामुहिक बलत्कारपछि हत्या भएको घटनामा मृत्युको कारण रक्तश्राप देखाएर दोषिलाई उम्काउन खोजिएको उनीहरुको आरोप छ । घटना घटेको लामो समयसम्म पनि प्रहरीले विश्वस्त हुने आधार नदिएको पीडित परिवारको आरोप छ । मृतक इनिशाकी आमा तिलाले घटनाको निष्पक्ष छानविन गरि दोषिमाथि हदैसम्मको कारवाही हुनु पर्ने माग गरिरहेकी छन् । उनको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा अलपत्र छ । इनिशा मृत्यु प्रकरणमा न्यायको माग गर्दै नागरिक समाज र अधिकारकर्मीहरुले संघीय राजधानी काठमाडौंसम्म आवाज उठाएका छन् । उनीहरुले घटनाको निष्पक्ष छानविन गरी दोषिलाई कारवाही हुनुपर्ने माग गरिरहेका छन् ।

जिप्रकाअघि विद्यार्थीको धर्ना

सुर्खेतको वीरेन्द्रनगरस्थित इनिशा विक अध्ययन गर्ने विद्यालय उषा बालबाटिकाका विद्यार्थी न्यायको माग गर्दै आन्दोलित बनेका छन् । उक्त विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको बलात्कारपछि हत्या भएको भनिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाहीको माग गर्दै विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा धर्ना दिएका छन् । विद्यार्थीहरूले इनिशाको हत्या भएको दाबी गर्दै सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर हुनुपर्ने बताएका छन् । प्रदर्शनका क्रममा विद्यार्थीहरूले केही समय विद्यालयअगाडि धर्ना दिएका थिए । उनीहरूले घटनामा संलग्न जोकोही भए पनि कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरेका छन् ।

एक सातादेखि इनिसाको शव प्रदेश अस्पतालमा  कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

स्मृतिमा : ३७  बर्षपछिको चौरजहारी रुकुम

एक सातादेखि इनिसाको शव प्रदेश अस्पतालमा  कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds