घुयँत्राे:“जनताले झापड हान्दा जितेको सत्ता, अब घमण्डले फेरि झापड खान नपरोस् !”
रास्वपाका नेताजीहरु देशभर तपाईंहरले चुनाब जित्नाकारण तपाईंहरले पुराना पाटिकाे भन्दा राम्रो संगठन बनाएर त्यसकै आधाराँ चुनाब जित्या हैन । बरु जनताले पुराना दलहरुकाे शेखि मेटाउन तपाईहरलाई भाेट द्या हुन । त्यसैले हाम्लाई भाेट दिने जति सबै हाम्रा पाटिका हुन भनेर मख्ख नपर्दा हुन्छ । जसरि पुराना दलले जनतालाई मान्छेकाे श्रेणीमै नगनेर जनताले जे भने ठिक त्यसविपरित काम गर्दै गएर याे परिणति भाेग्नु पर्याे । तपाईंहरुलेनि जनताले चाहेकाे र संविधानले देखाएकाे बाटाे हिँडनु भएन र जनताकाे आदेश र घाेषणापत्रमा लेखेका गर्नु भएन भने तपाइँहरुकाे दुई तिहाईकाे हविगतनि ऐलेकाे काँग्रेस , एमालेकाे जस्तै हुनेछ ।त्यसैले सबैभन्दा पहिला तपाईंहरु पाटिका पदाधिकारी बस्नाेस तपसिल बमाेजिमका काम पहिलाे प्राथमिकतामा गर्दै जाने निर्णय गर्नाेस, तबमात्र जनताले तपाईंहरुलाई जिताएकाेमा गर्व गर्नेछन भने चुनाबमा सहि पाटि छानेर जिताएकाे ठहर गर्ने छन । त्यसैले सरकार बनाएछि सबैभन्दा पहिला तपसिल बमाेजिमका कामहरु गर्दै जाने प्रण गरेर अघि बढनु हाेला जनता सदैब तपाईंहरुप्रति सकारात्मक बन्ने छन ।
१- मन्त्रालयकाे संख्या १४ मात्रै रहने गरि मन्त्रीमण्डल बनाउनु हाेस । मन्त्री बनाउँदा right man right ministry काे नीति लिनु हाेला ।
२ – सभामुख विपक्षि दललाई दिनु नै पर्छ दिनु हाेला । तपाईंहरुकाे २/३ ( दुई तिहाई भएकाेले सदनमा कुनै अप्ठ्यारो पार्नै सक्दैनन । यसमा संसदकाे अर्थ समितिकाे सभापति नि विपक्षिलाई दिनु हाेला किनभने प्रजातान्त्रिक परिपाटीमा याे याैटा सामान्य नियम हाे।
३ -संविधानले याे याे कानुन बनाउनु भनेर निर्देशन गरेकाे हकमा ऐलेसम्म नबनाईएकाे कानुन बनाउन ५ सदस्यिय टिम बनाएर सम्पूर्ण कानुनकाे मस्याैदा तयार गर्नु हाेला ।
४ -अर्काे याैटा टिम बनाएर बाझिएकाे हदसम्म र अन्य अाबस्यक र दैनिक प्रशासनकाे सरलिकरण र सेवा प्रवाह सहज हुने कानुनकाे मस्यौदागर्न लगाउनु हाेला ।
५ -निजामती सेवा नियमावलि र शिक्षक नियमावलि नयाँ बनाएर लागू गर्नु हाेला । यी ऐन बनाउँदा ट्रेडयुनियन खाेल्न नपाईने ब्यबस्था गर्नु हाेला ।
६- सरकारी कार्यालय र कर्मचारीकाे ओएनएम गराएर आबस्यकता भन्दा बढि कार्यालय र कर्मचारी हटाउनु हाेला ।
७- बेराेजगारी हटाउन विगतमा एमाले काँग्रेसले बेचेका र बर्तमानमा आबस्यक पर्ने उद्याेगहरु सरकारकै तर्फबाट खाेल्ने र खाेल्दैजाने नीति सहित निजि क्षेत्रबाट उद्योग खाेल्न चाहेमा अत्यन्त सरल तरिकाले उद्याेग खाेल्ने ऐन ल्याउनु हाेला ।
८- अनावश्यक तरिकाले जनताबाट करलिने परिपाटि हटाउनु हाेला ।
९- विगतमा कालाेसूचिमा परेका ठेकेदारहरुलाई ठेक्का गर्न नपाईने ब्यवस्थाका साथै ठेकेदारहरुले अलपत्र पारेका देशैभरका सडक,पुल,भबन,अस्पताल,विद्यालय सरकारी कार्यालय सबैकाे निरिक्षण गर्न ईन्जिनियर सहितकाे याैटा टिम बनाएर ती कुन काम पैले गर्नेहाे एकिन गरि निर्माण कार्यमा लाग्नु हाेला ।
१०- राज्यले स्वास्थ्य ,शिक्षा र जेष्ठ नागरिकमा कस्ताे नीति लिने हाे त्याे एकिन गर्नु हाेला ।
११- हिमालमा फलफूल ,जडिबुटि र एकीकृत बस्ति ( पहाडमा समेत) काे धारणा बनाएर ब्यापकरुपमा पशुपालन ब्यवसाय र दूध र फलफुलमा आत्मनिर्भर बन्ने याेजना ल्याएर कार्यान्वयनमा जानू हाेला ।
१२- स्वदेशमै चिकित्शा शास्त्र अध्यन गर्न कलेज तथा विश्वविद्यालय खाेल्ने नीति ल्याउनु हाेला ।
१३- अबकाे शिक्षा सैद्धान्तिक सँगै ब्यवहारिक प्रयाेगमा लग्ने गरि याेजना ल्याउनु हाेला र दक्षता र सीप सिकाईका शिक्षालयहरुसमेत हरेक जिल्लामा स्थापना गर्ने ब्यवस्था मिलाउनु हाेला ।
१४ – तराईमा ती खेति गर्ने गरि नीति ल्याएर निजि वा सरकारी तबरबाटै खेति गर्ने परिपाटि विकास गर्न सबैभन्दा पहिला सिचाइ नभएकाे ठाउँमा सिचाइ गर्ने व्यवस्था मिलाउनु हाेला ।
१५- तरकारी र केरामा आत्मनिर्भर हुन र बाह्रैमास यी खेति गर्न पहाड र तराईका जिल्लाहरु छुट्याएर किसानलाई खेति गर्न अनिवार्य रुपमा मल बीउ उपलब्ध गराउने र त्यसकाे शुल्क ,उत्पादनपछि किसानबाट असुल गर्ने ब्यबस्थासँगै बेचविखनका लागि बजारकाे ब्यवस्था गर्नु हाेला । बाँकि अर्काे अंकमा



