घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

बर्दिया ,२४ पुस।

बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्केको बाघको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । घाँस काट्न गएकी महिला साँझसम्म घर नफर्किएपछि खोजी गर्दा उनको शव फेला परेको निकुञ्जले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका–५ निवासी ५७ वर्षीया गंगा सारूको बाघको आक्रमणबाट मृत्यु भएको हो । सारुको शव बाँसगढी नगरपालिका–१ सँग सिमाना जोडिएको सुर्खेतको शक्ति सामुदायिक वन क्षेत्रमा फेला परेको पौडेलले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार गंगा सारू दाउरा घाँस काट्न जंगलतर्फ जानुभएको थियो। साँझ अबेरसम्म घर नफर्किएपछि बुधबार परिवार तथा स्थानीयले खोजतलास सुरु गरेका थिए । खोजीका क्रममा सामुदायिक वनभित्र उनको शव भेटिएको थियो । घटनास्थलको प्रारम्भिक निरीक्षण गर्दा बाघको आक्रमणबाट ज्यान गएको पुष्टि भएको निकुञ्ज कार्यालयले जनाएको छ ।
घटनापछि निकुञ्ज प्रशासन र स्थानीय सुरक्षा निकायको टोली घटनास्थलमा पुगेको थियो । मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको छ । साथै घटनापछि आसपासका बस्तीका बासिन्दालाई जंगल क्षेत्रमा जान सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा बाघ तथा अन्य वन्यजन्तुको गतिविधि बढ्दै गएको स्थानीयको गुनासो छ । निकुञ्ज प्रशासनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निगरानी बढाउने र जोखिमयुक्त क्षेत्रमा सतर्कता अभियान सञ्चालन गर्ने जनाएको छ ।

घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र

घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

प्रतिनिधिसभा उम्मेदवारमा नेकपा बाट भण्डारी र जिसीको

Leave a comment

Your email address will not be published. Required fields are marked *