घुयँत्राे:“संसद जल्यो, ठेक्कादार सुते, नेता हेर्दै बसे: देश बनाउने ‘महान’ सहकार्य”

नेपालमा गतिला र इमान्दार खालका ठेक्दार नहुँदाकाे परिणाम अब देशले ब्यहाेर्दैछ । गएकाे भदाैरे आन्दोलनमा जेनजीहरुले संसद भबन बानेश्वरमा आगाे लाएछि भग्नाबशेषमा परिणत भएकाे संसद भवन सरकारले चाहेर पनि बनाउन सकि रहेकाे छैन । यसअघि सिंहदरबारमा बनाउन लाग्या संसद भवन बनाउन ठेक्का लिएकाे ठेकेदारले निर्माण सम्पन्न गर्न कबुल गरेकाे समयावधि भन्दा तीन बर्ष बढि भै सक्दा पनि अँझै पूरा भएकाेछैन । तेश्राेपटकसम्म म्याद थप्दा समेत अँझै नाै महिना लाग्ने कुरा ठेकेदारले बताई रहेकाेछ । राजधानीकाे विच चाैराह र प्रशासनिक घेराभि त्र सँधैभरि प्रधानमन्त्री ,अख्तियार प्रमुख, महालेखा प्रमुख,सभामुख र ठेक्का स्वीकृत गर्ने हाकिमकाे सँधै नजर रहने ठाउँकाे काम गराई त ठेकेदारहरु यस्ताे लापरबाही तरिकाले काम गर्छन भने राज्यका कुना काप्चामा गर्ने काम यिनिहरुले कसरी गर्छन हाेला सहज बुझ्न सकिन्छ । याे देश निर्माणलाई लथालिङ्ग पार्नेमा नेता, कर्मचारी , ठेकेदार र भष्टाचारी सबैकाे हात बराबर देखिन्छ । ठेक्कामा लापरबाही गरेकै कारण मन्त्रीले देशभरका धेरै ठेक्का ताेडनु पर्याे ठेक्का ताडेर पुन ठेक्का गर्न नपाउँदै मन्त्री कुलमान राजिनामा दिएर सरकारबाट बाहिरिएका छन । अब सायद दलाल,भष्टाचारीहरु सलबलाउन र अपराधीक मानसिकताका काम चाेर ठेकेदारहरुलाईनै काम दिने क्रम शुरु हुनेछ । याे क्रम शुरु भयाे भने देश अँझै करिब ३० बर्ष कामचाेर ठेकेदारहरुकाे चङ्गुलमा पर्नेछ । यता देशमा चुनाब हुँदैछ यहि विध्वंस र विनास गर्नेहरुकाे चाहनामा हुन लागेकाे चुनाबमा तिनै विध्वंसकारी र संसदमा आगाे लगाउने हरु पनि चुनाब जितेर आउने छन । रास्ट्रिय सम्पतिमा आगाे लगाउँदाकाे परिणाम उनिहरुलाई अनुभूति हाेला नहाेला थाहा छैन । तर सदन चलाउने बैकल्पिक व्यबस्था गर्न समेत नसकेका र नसक्ने हामीले आगाेलगाउँदा हालत कृ हुँदाेरछ भन्ने कुरा जेनजीहरुले बुझ्न जरुरीछ । चुनाब भयाे भने अबकाे ३ महिनामा तिनै जेनजीहरु कुन भबनमा बसेर संविधान संसाेधन गर्ने हुन अनि कहाँ बसेर भष्टाचारीलाई कार्वाहि गर्ने र कानुन बनाउने कुरा गर्ने हुन सबै अन्याैल छ । आगजनि र ताेडफाेड गर्नेलाई कार्वाही नगर्ने भनेर जेनजीहरुले ती अपराधिहरुलाई माफि दिई सकेकाछन । त्यसैले पनि आगजनि र ताेडफाेडकाे जिम्मा लिएकाे घाेषणा गर्न पनि जेनजीहरुले ठाउँ नपाउने अबस्था उनिहरुले गर्दानै आएकाे हाे भन्ने कुरा मनन गर्दिए पनि ठूलै उपलब्धि हुने थियाे तर उनिहरुबाट त्यस्ताे पश्चातापकाे संकेत कतै देखिंदैन । देश आर्थिक संकटकाे घेरा बन्दिमा परेकाले नयाँ निर्माण र मर्मतका सम्भावनाहरु धेरै कम छन । समयमा निर्माण र मर्मत नभएछि आगाे लगाईएका ती भग्नाबशेषबाट पुन प्रयाेग हुन सक्ने बस्तुहरु पनि अब दिनानु दिन हराउँदै र चाेरी हुँदै जानेछन । देश बनाउँछम भनेका जेनजीहरुले आँफैले आगा लगाएका भबनहरु समेत पचासाैँ बर्षसम्मनि मर्मत सम्भार र पुन प्रयाेगमा ल्याउन सक्ने छैनन ।
किन भने उनिहरुका २२ वटा चिराले देश कसरी बनाउँछन देखि सकिएकाेछ । आन्दोलनका बेला सडकमा फालेका फाेहर उठाउँदै र पेन्ट व्यापारीलाई दम्काएर पेन्ट ल्याएर २/४ जना जेनजी मिलेर सडक पाेते जस्तो हुँदैन विकाश निर्माण गर्न । आन्दोलनमा जलाएका चिज बनाउन भन्दा चुनाब गराउन र मन्त्री छान्न समय खर्चेका जेनजीहरु सदनमा पुगेर देश बनाउने कुरा गर्नुभन्दा भैरहेकाे चिजलाई पनि भताभिङ्ग पार्ने साेच पालेर बसे भने देश अँझै सय बर्ष पछाडि धकेलिनेछ त्यसैले चुनाबमा कस्ता जनप्रतिनिधि जिताउने , गम्भीर भएर साेचाैँ कसाे हाेला ।






