नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
जुम्ला, २१ चैत ।
यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरेको छ । कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम शीर्षकअन्तर्गत सिंजाको चुलेलगाँउ–नराकोट–धापा–कोटघर–कु
त्यसैबीच नरोकाट बजारदेखि हाटसिंजासम्मको पाँच किलोमिटर सडक कालोपत्र गर्नेका लागि पहिलो चरणमा आइतबार रु ११ करोडको ठेक्का आह्वान गरिएको छ । सडक निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना बोकेको रारा तालसम्म जाने पर्यटन र वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीयलाई निकै सहज हुने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । प्रदेश सरकारले जिल्लाको समस्यालाई बुझेर उक्त बजेटको स्रोत सुनिश्चित गरेको र अब समयमै गुणस्तरीय काम सम्पन्न गर्न सबैले ध्यान दिनुपर्ने उनको आग्रह छ । स्रोत सुनिश्चित भएपछि आगामी तीन वर्षभित्र सडक योजना सम्पन्न गरी सञ्चालनमा ल्याइने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।





