घुयँत्राे:“चौथो दल, तर सत्ता फर्स्ट क्लास – प्रचण्डको भाग्य ‘VIP पास’!”
प्रचण्ड कमरेड , तपाईं जति नसकिने भैयाे यार । भलै चुनाबाँ चाैथाेदल किन नबनियाेस आखिर सत्ताँ गएरै छाेडिने भैयाे हैन त । मान्छ्या खप्पराँ लेख्याछ भने खाेजिखाेजि आउँछ भन्या यै त हाेला । हिजाेका दिनाँ कैले देउबा त कैले वलिले नच्यापि नहुने बन्या माओवादि दल र त्यसका नेता प्रचण्ड कमरेड जेनजी आन्दोलन पछि २२ वटा दललाई एकठाँ बनाएर माओवादि पाटिलाई आर्यघाटाँ सेलाएर नेकपाका नामाँ याैटा ताराे समाएर रुकुम पुर्वकाे दाैडाहा भ्याएर बालेन सिटियाँ पुग्या मान्छे ऐले तिनै जेनजीका नेता समाएर उपसभामुख पदलेर सत्ताँ जाँदै हुनुहुन्छ रे भन्ने कुराे आयाे त ! हाम्ले सुन्या कुराे ठिकै त हाेला । हुनत तपाईंले रबिलाई पैलैदेखि मायाँ गर्नु हुन्थ्यो त्यै भएर हाेला याे पटक रबिले त्यै मायाँ फर्काउन ला । रबिकाे सँगत त गर्न लाग्नु भाे तर फस्नु हाेलानि । किन भन्दा देशभर प्रदेशकाे जालाे फैलाउनु भाे त्याे जालाे फाेडननि प्रदेशदेखि राष्ट्रिय सभासम्म घन हान्नु पर्ने भाे पैले देशैभर माओवादि कार्यकर्ता भर्ना गर्न र तिनलाई खानपिनकाे व्यवस्था गरेर सकेसम्म आफ्नो सत्ता कैल्यै नछुटाेस र सँधैभरि राज्यकाे ढुकुटी लुटिराख्न पाम् भन्ने हिसाबले संविधान संसाेधनकाे बाटाे सानाेतिनाे डाेजरले फाल्नै नसक्ने गरि थुन्नु भाे ऐले अब प्रदेश राख्न नरुचाउने साथिहरले संविधान संसाेधन गर्न खाेज्याछन अनि राष्ट्रियसभामा तपाईंकाे साथ चाईयाछ अनि त तपाईंलाई उपसभामुखकाे अफर आईराछ त यै हाे माैका ५ बर्षा लागि उपसभामुख आँफै भएर सत्ताँ बस्ने कि अरुलाई बनाएर आँफुले अर्का नामबाट सत्तासुख राेज्ने निर्णय तपाईकाे । हिजाेका दिनाँ तेस्रो भएर सत्ताकाे स्वादलिएझैँ ऐले चाैथाे भएर नि सत्ताँ जान पाईने हाे भनेत छाेडने किन के याे पटक त पैल्याजस्ताे १/२ बर्षमै पद फुत्किने हैन क्यारे याेलपटक त ५ वर्षा लागि ढुक्कै हाे त्यसैले याे पटक जसरि हुन्छ सत्ताँ जानू भाे भने अर्को पटकाट जेनजीकाे नि डर भएन जसरि ढलिमलि गरेनि भाे । हैन तपाईं त मान्छे बर्दानै पाएर माओवादिका नाममा जङ्गल छिर्नु भा रैछ के जङ्गलाट शहर पस्दानि गिर्जाकाे निगाहाले चुनाब बिनै पैलाे दलकाे जति हैसियत बनाएर संसदाँ छिर्नु भाे त्यै बेलादेखि लाग्या दाउ ऐलेसम्मनि लाग्या लाग्यैछ । कस्ताकस्ता राजनीतिज्ञ नि चुनाबाँ ठाडाे उठनै नसक्ने गरि पछारिय तर तपाईं चाईँ एकनासले राज्यकाे ढुटि उडाउनेमा लाईिसेन्सै लियर आ जस्तो पाे हुने भाे त ! हुनत तपाईंको नि सम्पति चेक गर्ने भनेर हल्ला चलाछनक्यारे ! तर उनरुले संविधान संसाेधन गरेर आँफुले चाकाे जस्तै गर्ने बाटाे राेज्ने हुन भनेत जतिसक्याे छिटाे प्रचण्ड कमरेडलाई जिस्काउन्नन बरु तपाईंसपताट सब्बै काम पट्याएछि कुँड्याँ पर्या माखाे स्याँकेझैँ स्याँक्न सक्छन । त्यसैले जति बर्ष खान सकिन्छ उपसभामुख खानाेस । त्यतिन्जेलसम्मत आफ्नो नामकाे सम्पति पनित तहलाउन सकिन्छ क्यारे ! हैन भने त यी शत्रुहरकाे काम गराईकाे पारा हेर्दा त पुराना नेताजतिलाई त सबभन्दा पैला तहलाउँछन कि क्या ! तपाईं जत्तिकाे चतुर नेताले नि रबिसित साँठ गाँठ मिलाउन सक्नु भएन भने वलि र देउवालाई त खाल्टाँ हाल्याथे हाल्याथे तपाईंलाई नि हाल्छन । याे मनैकाँ रविलाईनि राष्ट्रिय सभामा यसाे संख्याभाका दलकाे संगत चाईयाछ । तपाईकने त राष्ट्रिय सभामा अँझ सिंगै अध्यक्ष पनि छ यै माैका फाईदालेर आफ्नो लागि गरि हाल्नाेस देशकाे लागि त तपाईँहरु तिन्टाले गर्या हाम्ले हेरि हालिम अनि त्यै भएर अब हामी जनतालागि हैनकि तपाईँ आफ्नै र परिवारका लागि गर्नाेस । जनता तर्फाट शुभ कामना छ । यस्ताे माैका फेरिफेरि आउँदैन अध्यक्ष कमरेडलाई कति भनम् ।





