आलुको बीउ ‘ग्रेडिङ’ गर्दै मौर्य

नेपालगन्ज, १९ चैत । 

बाँकेको डुडुवा गाउँपालिकाका किसान जयपाल मौर्य अहिले आलुको बीउ ‘ग्रेडिङ’मा व्यस्त छन् । गत वर्षमात्रै जिल्लाबाट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरेका ४३ वर्षीय किसान मौर्यले एक सय एक कट्ठा जमिनमा लगाइएको आलुको बीउ ग्रेडिङ भइरहेको जानकारी दिए ।

बीस वर्षदेखि कृषिमा संलग्न उनले अनुमानित आठ सय क्विन्टल बीउ उत्पादन गरेर स्थानीय सरकारले जिल्लामा निर्माण गरेका ‘कोल्ड स्टोर’मा संरक्षण गरेको बताउँछन । “आलुको बीउ ग्रेडिङ जारी रहेको छ, एक सातादेखि भइरहेको यो काम शुक्रबार सकिने छ”, मौर्यले भने ।

उन्नत प्रकारको ‘कार्डिनल’ जातको सो आलुको बीउ विगतका वर्षमा थोरै मात्रामा उत्पादन हुने गरेको उल्लेख गर्दै उहाँले यस वर्ष धेरै जमिनमा लगाइएको कारण पनि उत्पादन बढेको बताए । त्यसका लागि यस वर्ष करिब रु पाँच लाख लगानी भएको जानकारी दिँदै मौर्यले आलु रोप्ने सिजनमा ‘कोल्ड स्टोर’बाट ल्याएर रु ३५ देखि रु ५५ सम्म प्रतिकेजीमा बिक्री हुने गरेको उल्लेख गरे । यसबाट करिब रु १२ लाख बराबरको कारोबार हुने विश्वास व्यक्त गरे ।

कात्तिक मसान्त वा मङ्सिर महिनामा लगाएको आलुको बीउ उत्पादन गर्न ९० देखि १२० दिनसम्म लाग्ने गरेको किसानको अनुभव छ । कोल्ड स्टोरमा बीउ राख्दा प्रतिकेजी रु चार शुल्क तिर्नुपर्छ । कोल्ड स्टोर डुडुवाबाहेक कोहलपुरमा पनि रहेको छ ।

कृषि ज्ञान केन्द्र, नेपालगन्जले प्रदान गरेको आलुको उन्नत जातको पीबीउस दानाबाट आफूले आलुको बीउको उत्पादन गरेको मौर्यले बताए । कृषि ज्ञान केन्द्र, बाँके, नेपालगन्जका प्रमुख विनोद घिमिरेले आलुको पीबीउस दानालाई दोस्रो र तेस्रो पुस्ताका रूपमा लैजान सकिने उल्लेख गर्दै आलु बीउको क्षेत्र विस्तारमा जोड दिइएको बताए ।

ज्ञान केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत सन्तोष पाठकले आलुको बीउ उत्पादनका लागि किसानले अनिवार्य तालिम पनि लिनुपर्ने अवस्था आएको बताए ।  अन्यथा आलुको बीउ उत्पादन गर्न किसानलाई कठिनाई हुने उनको भनाई छ । अधिकृत पाठकले सिन्धुपाल्चोकबाट ल्याइएको पीबीउस दानाबाट बाँकेमा आलु बीउ उत्पादन राम्रो भएको जानकारी दिए । किसान मौर्यलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराइएको थियो ।

आलुको बीउ ‘ग्रेडिङ’ गर्दै मौर्य

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात 

आलुको बीउ ‘ग्रेडिङ’ गर्दै मौर्य

नदी कटान रोक्न जैविक तटबन्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds