जुम्लाका चार पालिकामा फेरिए प्रमुख प्रशासकीय अधिकृत
काली बहादुर परियार
जुम्ला,१९ चैत ।
जुम्लाका चार वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको छ। हालै सार्वजनिक गरिएको सरुवा पत्रअनुसार विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत अधिकृतहरूलाई जिल्लाका स्थानीय तहमा खटाइएको हो ।
सरुवा सूचीमा समावेश नाम अनुसार चन्द्रप्रसाद भुसाल, मिनराज थापा, हेमराज शर्मा लगायत अधिकृतहरूलाई जुम्लाका विभिन्न गाउँपालिकामा जिम्मेवारी दिइएको छ।
हिमा गाउँपालिकामा जलन्धर भुषाल, तिला गाउँपालिकामा मिनराज थापा, पातारासी गाउँपालिकामा हेम शर्मा चापागाईं र सिंजा गाउँपालिकामा सुरेन्द्र सिंह प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटिएर आएका छन् ।
सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गरिएको जनाइएको छ। मन्त्रालयले स्थानीय तहको प्रशासनिक कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको जनाएको छ।
लामो समय देखि जुम्लाको तिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत विहिन हुदा कार्यसम्पादनमा समस्या देखिँदै आएको थियाे ।
नयाँ जिम्मेवारी पाएका अधिकृतहरूले स्थानीय तहमा सेवा प्रवाह सुधार, सुशासन प्रवर्द्धन तथा विकास निर्माणका कामलाई गति दिने अपेक्षा गरिएको छ।





