प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदहरूसँग छलफल

काठमाडौँ, १८ चैत । 

प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेका छन् । उनले सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै समस्या समाधानमा पहल गर्ने बताएको डोटीका सांसद भरत खड्काले जानकारी दिए ।

“प्रधानमन्त्रीले प्रदेशगत रूपमा निर्वाचित सांसदसँग विकासको वस्तुस्थितिबारे छलफल गर्नुभएको हो”, प्रधानमन्त्रीसँगको भेटबारे सांसद खड्काले भने । प्रदेश र जिल्लाभित्रका विकासका योजनाका बारेमा आफूहरूले प्रधानमन्त्रीसँग कुरा राखेको बताए ।

“सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्गलगायत सडक निर्माण एवं स्तरोन्नति, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरोन्नति तथा हवाई सेवा विस्तारलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ”, सांसद खड्काले भने ।

सांसदहरूले प्रस्तुत गरेका विषयलाई सम्बोधनको प्रयास गर्ने प्रधानमन्त्री शाहले जानकारी दिएको उनले बताए । साथै प्रधानमन्त्रीले समस्याहरू सचिवालयमा टिपाउन आग्रह गरेका थिए । प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेशबाट संसद्मा प्रतिनिधित्व गरेका विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदहरूसँग छलफल

त्रिविविले प्रवासी नेपालीलाई ‘अनलाइन’ मार्फत पढाउने   

प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदहरूसँग छलफल

वन्यजन्तु आतंक नियन्त्रणमा १७ किमि ‘हात्ती छेकबार’

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds