पाँच किलो चरेशसहित होटल सञ्चालक पक्राउ

कैलाली, १४ भदौ ।

धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई उक्त चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनका अनुसार बोहराको होटलमा शङ्का लागि चेकजाँच गर्दा चरेश फेला परेकाले निजलाई नियन्त्रणमा लिइएको हो । त्यसैगरी जिल्लाका विभिन्न स्थानबाट चार ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक जोशीले बताए । आवश्यक कारबाहीको लागि उनीहरूलाई यस कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।

पाँच किलो चरेशसहित होटल सञ्चालक पक्राउ

सङ्घ संस्थासम्बन्धी विधेयकको मस्यौदा सच्याउन माग 

पाँच किलो चरेशसहित होटल सञ्चालक पक्राउ

कोदोको बिष्कुट उत्पादन गर्न उद्योग स्थापना 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds