सिद्धार्थ इन्स्योरेन्सद्वारा दुई करोड बीमा भुक्तानी
सुर्खेत, १४ साउन ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सुर्खेतस्थित टीका ओली स्टोर्स एण्ड अर्डर सप्लायर्समा वैशाख २५ गते आगलागीबाट भएको क्षतिवापतको दुई करोड ६ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ । बुधबार सप्लायर्सका सञ्चालकलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक तथा दाबी विभाग प्रमुख नवराज पराजुलीले बीमावापतको हस्तान्तरण गरेका हुन् ।
रकम प्राप्त गर्ने बिमित टिका ओली स्टोर्सका संचालक टिका ओलीले आफूले अपेक्षा गरेभन्दा अगावै बीमावापतको रकम प्राप्त गर्न पाएकोमा खुशी व्यक्ति गरे । कम्पनीले गत आर्थिक वर्षमा १७ हजार सात सयभन्दा बढी दाबी फछ्र्यौट गरी तीन अर्बभन्दा बढी भुक्तानी गरेको छ ।
साथै कम्पनीमा भैपरी आउने दाबीको शीघ्र फछ्र्यौटका लागि कम्पनी सदैव संवेदनशील रहेको दाबी विभाग प्रमुख पराजुलीले बताए । बीमा भुक्तानी कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी तथा इन्स्योरेन्स लिमिटेडका कर्णाली प्रदेश प्रमुख राकेश विसीलगायतको उपस्थिति थियो ।






