“तीव्र आर्थिक विकास बिना समृद्धि सम्भव छैन : महासचिव शङ्कर पोखरेल”

काठमाडौं ,१४ साउन।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धिका लागि तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को १२औँ प्रतिनिधि परिषद् बैठकलाई आज सम्बोधन गर्दै उहाँले योजनाबद्ध ढङ्गबाट सामाजिक तथा आर्थिक समस्याको समाधान खोज्नुपर्ने धारणा राख्नुभयो।

महासचिव पोखरेलले पछिल्लो समय सामाजिक क्षेत्रको विकास तीव्र भए पनि आर्थिक क्षेत्र त्यति सशक्त नभएको बताउँदै श्रमजीवी वर्गको सशक्तिकरणबिना मुलुक बलियो नहुने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “कमजोर राज्यले श्रमिकलाई अधिकार सम्पन्न बनाउन सक्दैन, त्यसैले श्रमजीवी बलियो बन्नैपर्छ।”

पार्टी भित्रको नेतृत्व सम्बन्धी बहसमा समेत उहाँले धारणा राख्दै ७० वर्ष उमेर हदबारे प्रस्ट पार्नुभयो। “७० वर्षको सीमा हटाउँदा जबजको मूल मान्यतामा असर पर्दैन,” भन्दै उहाँले लोकतान्त्रिक मूल्य र सिद्धान्तअनुसार पारदर्शी र जवाफदेही नेतृत्व आवश्यक रहेको बताउनुभयो।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीति पुन: प्रवेशबारे उठेका चर्चामाथि टिप्पणी गर्दै महासचिव पोखरेलले एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले उहाँलाई सम्मानजनक रूपमा रहने दृष्टिकोण लिएको जानकारी गराउनुभयो।

कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमको सम्मान र श्रमिकका समस्याको समाधानबिना समृद्धिको सपना साकार नहुने उल्लेख गर्दै सरकारले श्रमिकहितमा स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिनुभयो।

“तीव्र आर्थिक विकास बिना समृद्धि सम्भव छैन : महासचिव शङ्कर पोखरेल”

भगवती पूजाका लागि जुम्लाको सरकारी टोली बडिमालिका

“तीव्र आर्थिक विकास बिना समृद्धि सम्भव छैन : महासचिव शङ्कर पोखरेल”

ब्रिनोज कान अस्पतालबाट तीन प्रदेशका सात हजारभन्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds