बाँकेमा पाँच लाख भारतीय रुपैया सहित दुई जना पक्राउ

बाँके १६, जेष्ठ ।

बाँकेको भन्सार नाकाबाट स्रोत नखुलेको पाँच लाख भारुसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिकाको पुरन्धाराकी २६ वर्षीया साइना नेपाली र भारतको लखनउ उत्तर प्रदेशका ४० वर्षीय निरज चौरसिया रहेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताउनुभयो ।

उनीहरूलाई जेठ १४ गते नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरबाट प्रहरीले सवारी जाँचका क्रममा पक्राउ गरेको थियो ।
चौरसियाले चलाएको यूपी ३२ एलबी ६३८९ नम्बरको गाडी जाँचका क्रममा स्रोत नखुलेको भारु बरामद भएको थियो । जतिखेर उनीहरू छिमेकी देश भारतको रूपैडिहा हुँदै उनी नेपाल आइरहेका थिए

उनीहरूको साथबाट भारु ५०० दरका नोट ६०० र २०० दरका नोट १००० थान बरामद भएको छ । दुवै जनालाई प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाएको छ ।

बाँकेमा पाँच लाख भारतीय रुपैया सहित दुई जना पक्राउ

लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *