धानखेतीमा लाग्ने लागत घटाउन खोजीरहेका छौंःमुख्यमन्त्री आचार्य

दाङ,१५ असार।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
२०६१ सालदेखि आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यो दिवसले कृषिको महत्व जनमानसमा गहिरो बनाएको उल्लेख गर्नु भएको छ ।‘धान वालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने राष्ट्रिय नारासहित मनाउन थालिएको यस वर्षको धान दिवस हालको सन्दर्भमा अत्यन्त सान्दर्भिक र प्रेरणादायी रहेको बताउनु भएको हो ।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानले नागरिकलाई खाद्य हक सुनिश्चित गरेको उल्लेख गर्दै खाद्य सुरक्षाको राष्ट्रिय लक्ष्य हासिल गर्न सुदृढ नीति, व्यवहारिक कार्यक्रम र समर्पित कार्यान्वयन आवश्यक रहेको धारणा राख्नु भएको छ । साथै, उन्नत बीउ, रासायनिक मलको समयमै आपूर्ति, खेतीको यान्त्रीकरण र दक्ष जनशक्ति उत्पादनमा विशेष जोड दिइएको बताउनु भयो ।
लुम्बिनी प्रदेशको तराई क्षेत्रलाई देशको अन्नको भण्डारको रूपमा चिनिँदै आएको उल्लेख गर्दै यहाँको खेतियोग्य जमिनको संरक्षण, बाँझो जमिनमा खेती प्रवर्द्धन तथा आयात घटाउँदै निर्यात बढाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ ।

‘खेतीमा बढ्दो लागत, मलको अभाव, यान्त्रीकरणको आवश्यकता लगायतका समस्या समाधानमा सरकार निरन्तर क्रियाशील छ’शुभकामना सन्देशमा भनिएको छ ।
मुख्यमन्त्री आचार्यले धान खेतीमा जलवायुमैत्री प्रविधिको प्रयोग गर्दै उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कार विकास गर्न राष्ट्रिय धान दिवसले प्रेरणा देओस भन्ने कामना पनि गर्नु भएको छ ।

धानखेतीमा लाग्ने लागत घटाउन खोजीरहेका छौंःमुख्यमन्त्री आचार्य

विवाद र बजेट अभावले अल्झियो मदन भण्डारी

धानखेतीमा लाग्ने लागत घटाउन खोजीरहेका छौंःमुख्यमन्त्री आचार्य

घुँयत्राे : विचरा माष्टरहरुनि बाकै राजनीतिक …

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds