पत्रकार हत्याविरुद्ध सुर्खेतमा विरोधसभा

सुर्खेत । राजसंस्थाको पुर्नस्थापनाको माग राख्दै शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार र सञ्चार माध्यममा भएको आक्रमणविरुद्ध नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाको अगुवाईमा सुर्खेतस्थित पत्रकारहरूले विरोधसभा गरेका छन् । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

शुक्रबार भएको राजावादीनिकटको आन्दोलनले हिंसाको रूप लिएको पत्रकार महासंघ सुर्खेत शाखाले ठहर गरेको छ । व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा सहभागी समूहले शुक्रबार तीनकुनेमा गरेको आगजनीमा परी रिपोर्टिङमा खटिएका एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो ।

त्यस्तै विभिन्न सन्चार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतंकित तुल्याउने काम भएको भन्दै सुर्खेतस्थित पत्रकारहरूले उक्त घटनामा संलग्नमाथि कानुनी कारबाहीको समेत माग गरेका छन् ।

पत्रकार हत्याविरुद्ध सुर्खेतमा विरोधसभा

सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीद्वारा राजीनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *