जेनजी आन्दोलनका सहिदलाई सम्झँदै चौकुने रास्वपाको निर्णय : मतदाता नामावली र पर्वका सन्देश

सुर्खेत ,१२ असोज ।

राष्ट्रिय स्वतन्त्र पार्टी चौकुने गाउँपालिकाले हालै एक विशेष कार्यक्रमको आयोजना गरी जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । कार्यक्रम भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्राण गुमाउने सहिदलाई सम्झिँदै शोक प्रकट गरिएको थियो भने घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै आन्दोलनका कारण व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारसँग शीघ्र पुनर्निर्माणको माग गरिएको निर्णयसमेत गरिएको छ ।

कार्यक्रममा आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गर्दै १६ वर्ष पूरा गरेका तर नामावलीमा छुटेका देशभित्र तथा प्रवासमा रहेका नागरिकलाई कार्तिक ३० गतेसम्म खुला गरिएको मतदाता नामावलीमा नाम दर्ता गराउन चौकुनेवासी सबैमा आह्वान गरिएको छ ।

यसैगरी हिन्दु धर्मावलम्बीहरूको महान चाड बडादसैं, शुभ दिपावली र छठ पर्वको अवसरमा देश तथा प्रदेशमा रहेका चौकुनेवासी सबैलाई शुभकामना प्रदान गर्ने निर्णयसमेत पारित गरिएको छ ।

कार्यक्रममा प्रदेश सह–महामन्त्री तथा प्रवक्ता हरिप्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो भने चौकुने गाउँपालिका सभापति विष्णुप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश समिति सदस्य गजराज बयक, निर्मला सापकोटा, प्रदेश सल्लाहकार सदस्य जीवन देवकोटा, जिल्ला कोषाध्यक्ष डिल्ली सरा सलामीसहितका नेताहरूले आफ्नो भनाइ राखी सहिदलाई श्रद्धाञ्जली तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन सचिव राजेश बुढाले गर्नुभएको थियो ।

जेनजी आन्दोलनका सहिदलाई सम्झँदै चौकुने रास्वपाको निर्णय : मतदाता नामावली र पर्वका सन्देश

रूसयामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या

जेनजी आन्दोलनका सहिदलाई सम्झँदै चौकुने रास्वपाको निर्णय : मतदाता नामावली र पर्वका सन्देश

घुयँत्राे:”गृह मन्त्रालयको नयाँ ट्रेन्ड : अपराधीलाई मल्हम,

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds