काँक्रेविहारको ऐतिहाँसिक तथा पुरातात्विक महत्व खोज्न महोत्सव

सुर्खेत, १३ असार ।
सुर्खेतको प्रमुख धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य काँक्रेविहारमा खोज अनुसन्धान तथा पर्यटन महोत्सव आयोजना गरिने भएको छ । काँक्रेविहारको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक पक्षको गहन अध्ययन, समीक्षा तथा प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

शुक्रबार (असार १३) वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को आयोजनामा ऐतिहाँसिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले अनुपम सम्पदाको रूपमा स्थापित काँक्रेविहार परिसरमा ‘काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव’ र ‘युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन हुन लागेको हो ।

‘महोत्सवको मूल उद्देश्य काँक्रेविहारको ऐतिहाँसिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक पक्षको गहन अध्ययन, समिक्षा तथा प्रचार प्रसार गर्नु हो,’ वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष ऋषि गिरीले भने, ‘यस महोत्सव तथा सम्मेलनले काँक्रेविहारलाई शैक्षिक विमर्श, बौद्धिक अन्तत्र्रिmया र सांस्कृतिक अभिव्यक्तिको साझा मञ्च बनाउने विश्वास हामीले लिएका छौं ।’

उनका अनुसार महोत्सव तथा सम्मेलनमा काँक्रेविहार सम्बन्धि महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने छ भने, विद्वत् टिप्पणी तथा खुला बहस आयोजना गरिने छ । त्यस्तै, काँक्रेविहारको ऐतिहासिक, सांस्कृतिक र पर्यटकिय महत्व विषयमा वक्तृत्वकला प्रतियोगिता (कक्षा ९–१२), सपनाको काँक्रेविहार शिर्षकमा चित्रकला प्रतियोगिता (कक्षा ६–८), स्थानीयकला संस्कृति झल्किने नृत्य प्रतियोगिता (कक्षा १–५) आयोजना वडा कार्यालयले जनाएको छ ।

साथै समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महत्वपूर्ण व्यक्तित्वलाई सम्मानका साथै विद्यालय स्तरीय विज्ञान तथा शैक्षिक प्रदर्शनी, स्थानीय थारू, भोटे र अन्य आदिवासी समुदायहरूको सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिनेछ । वडा कार्यालयका अनुसार यसले स्थानीय समुदायमा सांस्कृतिक स्वामित्वको भावना अभिवृद्धि गर्नेछ भने, कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत नयाँ दिशाहरू खोल्ने जनाइएको छ । महोत्सवमार्फत काँक्रेविहार सम्पदास्थलको संरक्षण, प्रवद्र्धन र दीगो विकासका सम्भावनाहरू पहिचान गर्न सहयोग पुग्ने विश्वास लिइएको बिहिबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष गिरीले बताए ।

काँक्रेविहार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ स्थित सानो पहाडी टाकुरोमा अवस्थित छ । काँक्रेविहार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने गरेको छ । काँक्रेविहारबाट वीरेन्द्रनगर बजार क्षेत्र र वरपरका दृश्यहरू स्पष्टरुपमा देख्न सकिन्छ । काँक्रेविहार एक प्राचीन बौद्ध विहार हो ।

यसको निर्माण करिव १२ औं शताब्दीमा भएको मानिन्छ । विभिन्न अभिलेखहरू तथा उत्खननबाट प्राप्त मूर्तिहरूले यस स्थानलाई लिच्छवी र मल्ल कालकालिन युगसँग जोड्दछ । यहाँ बुद्ध, अवलोकितेश्वर, तारादेवी र अन्य बौद्ध देव–देवीहरूका मूर्तिहरू अवस्थित छन् । सिखरशैलीमा निर्माण गरिएको विहारमा हिन्दू र बौद्ध संस्कृतिको सङ्गम देख्न पाइन्छ । यसले सदिऔंदेखि नेपाली धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको सन्देश दिइरहेको छ ।

काँक्रेविहार सुर्खेत उपत्यकाको सांस्कृतिक पहिचान मात्र नभएर समर्ग कर्णाली प्रदेशको गौरवशाली इतिहाँस, धार्मिक सहिष्णुता र कलात्मक सम्पन्नताको प्रतिकको स्वरूपमा अवस्थित एक महत्वपूर्ण स्थल पनि हो ।

काँक्रेविहारको ऐतिहाँसिक तथा पुरातात्विक महत्व खोज्न महोत्सव

मनसुनी विपद् रोक्ने के छ वीरेन्द्रनगरको योजना

काँक्रेविहारको ऐतिहाँसिक तथा पुरातात्विक महत्व खोज्न महोत्सव

घुँयत्राे : बजेटनि पास भाे, छानविन समिति

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds