नम्रता कार्की : जो वडाध्यक्ष बनेर जनताको सेवा गर्न चाहन्छिन् 

सुर्खेत, १० भदौं ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ का महिला वडा सदस्य नम्रता कार्की ४० वर्ष अघि दैलेखमा जन्मिइन्, हुर्किइन् । उतैको माटोमा खेलिन् । त्यहीको विद्यालयमा अध्ययन गरिन् । त्यहीका वनपाखामा रमाइन् । त्यो बेला उनले राजनीतिमा आउँला जस्तो लागेको थिएन् । तर, स्कुल पढ्दा नै उनले सामाजिक गर्दै आएकी थिइन् गाउँ टोलमा । उनले त्यही दैलेखबाट एसएलसी पास गरिन् ।

एसएलसी पास गरेपछि त्योभन्दा माथिल्लो कक्षा भने उनले लिन पाइनन् । बिवाहका भयो । कारण थियो उनको घर व्यवहार लगायतका कारणले अध्यायन नपाएको उनी बताउँछिन् ।  ‘घर व्यवहार लगायतका कारणले माथिल्लो कक्षामा अध्ययन गर्न पाइन्,’ उनी भन्छिन्,‘पढ्ने रहर हुँदाहुँदै पनि केही समस्याले पढ्न सक्ने अवस्था भएन् ।’ वडा सदस्य कार्कीले जब दैलेखबाट सुर्खेतमा बसाइ सरिन् । तब मात्र उनी राजनीतिमा आर्कषित भएकी हुन् । उनको परिवार दैलेखबाट २०७२ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ५ मा बसाई सर्‍र्यो । २०७३ सालमा उनले नेकपा(एमाले)को सदस्यता लिइन् ।

रामजानकी सामुदायिक वनमा कार्यालय सचिवका रुपमा रहेर समाज सेवा गर्दै गएको उनी बताउँछिन् । त्यसपछि उनले त्यही सामुदायिक वनको अध्यक्षको चुनाव लडेर पराजित भएको बताउँछिन् । ‘राजनीतिक लाग्न र समाज सेवामा लाग्नका लागि त्यहीबाट प्रेरित भएको हुँ,’ उनले भनिन्,‘त्यसले मलाई एउटा शिक्षा दियो । त्यसको प्रेरणाले वडा सदस्य भएको छुँ ।’

२०७३ साल यता समाजसेवा र राजनीति सँगसँगै लागेका कारणले २०७९ मा उनको लगनशिलता र राजनीतिक क्रियाशिलताका आधारमा वडा सदस्य बनायो । टिकट पाउन पनि ग्राहो भएका बेला उनले पार्टीको मन जित्न सफल भइन् । टिकट पाइन् । जितिन पनि । उनमा वडा सदस्यको टिकट पाउनमा पुरुषहरु हाबी हुने गरेको विशेष गरेर महिलाले चुनाव खर्च जुटाउन सक्दैनन भन्ने भ्रम रहेको अनुभव सुनाउँछिन् ।

वडा सदस्य भएपछि उनले वडामा रहेका महिला दिदिबहिनीहरुलाई कसरी स्वरोजगार बनाउने भन्ने लक्ष्य राखिन् । त्यसमा वडाका अन्य सहकर्मी र वडाध्यक्षले पनि साथ दिए । उनले वडामा रहेका महिला दिदिबहिनीका लागि विभिन्न सीपमूलक सिप तालिम भएका छन् । ती तालिमबाट वडाका सयौ महिला स्वरोजगार बनेको उनले बताइन् । ‘तालिम पाएका अधिकांश दिदिबहिनीले अहिले घरमा नै बसेर रोजगार हुनुभएको छ,’ उनले भन्छिन्,‘यो ठुलो उपलब्धिका रुपमा लिएको छु ।’ वडामा महिला दिदिबहिनी स्वरोजगार बनाउका लागि नगरपालिकाले साथ दिदै आएको छ । स्वरोजगार बनाउनका नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

‘वडाध्यक्ष बनेर सेवा गर्ने चाहाना छ’

उनी वडा कार्यालयमा नियमित आइरहन्छिन् । किनकी कार्यवाहक वडा सदस्यमा धेरै लामो समयसम्म रहिन् । करिब आठ महिना उनले कार्यवाहक वडाध्यक्षको भूमिका निर्वाह गरिन् । कार्कीले अबको वडाध्यक्ष बन्ने लक्ष्य राखेको बताइन् । नेकपा (एमाले) वडा नं.५ को वडाध्यक्ष छिन् । ‘राजनीतिकसँगै अब वडा सदस्यबाट वडाध्यक्षमा उम्मेदवार बन्छु,’ उनले भनिन्,‘हामी महिलाहरु सुसाशनको मामिलामा निकै संम्वेदनशिल हुने भएकाले भावी दिनमा वडाध्यक्ष बन्ने लक्ष्य राखेको छु ।’

वडाध्यक्षका लागि अहिले कार्य अनुभव भएको उनी बताउँछिन् । वडाध्यक्ष लोकबहादुर शाही लामो सयम बिरामी हुँदा आठ महिना जति कार्यवाहक वडाध्यक्षको भूमिका उनले निभाएकी थिइन् । ‘मैले आठ महिना जति वडाध्यक्षको भूमिका निर्वाह गरेको छुँ,’ उनले भनिन्,‘त्यो आधारमा म भावी वडाध्यक्ष बन्नेछु ।’

उनले त्यसका लागि पार्टी नगर समिति र वडा समितिसम्म प्रस्ताव लैजाने बताइन् । ‘पक्कै पनि भोलि मेरो वडाध्यक्षको दाबी रहन्छ,’ उनले भनिन्, ‘पछाडि पारिएका दलित, महिला, जनजातीका लागि नै लोकतन्त्र आएको हो । त्यो आधारमा र मेरो राजनीतिक क्रियाशिलताका आधारमा म वडाध्यक्ष हुन्छु नै ।’

उनी प्रायः महिला वडा सदस्य भएका कारणले वडामा हुने विभिन्न टोल समितिका बैठक र अन्य सानातिना हुने भै–झगडाका घटनामा भाग लिन्छिन् । टोल समिति बैठक र अन्य सानातिना हुने भै–झगडाका घटनामा भाग लिइरहेने भएकाले ती अनुभवले अहिले महिला हिंसाको घटनामा कमी आएको बताउँछिन् । ‘भित्रभित्रै महिला हिंसाका घटना लुकेका छन भने थाहा भएन्,’ उनले भनिन्, ‘तर, मेरो अनुभव र जानकारी अनुसार महिला हिंसाका घटनामा कमी आएको छ ।’

पछिल्लो समयमा टोल समितिका बैठक महिला सहभागिता बढ्दै गएको बताउँछिन् । ‘अहिले महिला सक्रियता बढ्दै गएको पाएको छु,’ उनले भनिन्, ‘त्यस कारणले पनि महिला हिंसाको घटनामा कमी आएको हो कि ?’ विगतमा पुरुषहरुले धेरै महिला हिंसा गर्ने गरेको अहिले त्यसमा कमी आएको उनको भनाई छ ।

राजनीतिक र महिला सदस्य भएपछि दलित महिला केन्द्र नेपालद्धारा सञ्चालित स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत निरन्तरको मेन्टरसिप कार्यक्रमले परिवार अभिभावक राखेर एउटा कार्यक्रम गरेको त्यसमा आफु र छोरी सहभागी भएको बताइन् । ‘मेरो चाहना त श्रीमान्‌लाई कार्यक्रममा सहभागी गराउने योजना रहेको थियो,’ उनले भनिन्,‘तर, श्रीमान्‌को कामले त्यता जान पाउनु भएन । छोरी म कार्यक्रममा सहभागी भयौं । त्यसबाट छोरीले धेरै बुझ्‌ने मौका पाइन् ।’

पहिला रातदिन नभनि वडाबासीका समस्याका निम्ति काम गर्नेहरुको पाउने पारिश्रमिक थोरै हुने गरेको भन्ने छोरीले वडा सदस्य भनेको समाज सेवाका लागि पनि हो भन्ने कुरा छोरीले अहिले भन्न थालेको उनले अनुभव सुनाइन् । त्यस्तै, उनले परिवार, समाजले साथ दिएका कारणले यहाँसम्म आइपुगेको बताइन् । ‘पारिवारिक र सामाजिक रुपमा उनीहरुको अधिकार, व्यवहार र भूमिकामा नियन्त्रण लगाइएको हुन्छ । हरेक क्षेत्रमा महिला भेदभाव छ,’ उनले भनिन्,‘त्यो भेदभाव हटाउनका लागि परिवार र समाजले साथ दिएका कारणले यहाँसम्म आएको छुँ ।’

सार्वजनिक काम तथा रोजगारीमा पुरुष सरह महिलाको समान रुपमा सहभागिता हुन बन्देज गरेको समाजमा अहिले भने केही फरक हुँदै गएको बताइन् । ‘चुलो चौको र घर व्यवहार हेर्नमा मात्र सीमित राखिएका महिलाहरु अहिले सामाजिक, विकास निर्माण र रोजगारीका क्षेत्रमा लागेका छन्,’ उनले भनिन्,‘परिवार बने घर बन्छ, घर बने समाज ,र समाज बने देश भने जस्तै महिलाहरुलाई सबैभन्दा पहिले परिवारको साथ, सहयोग र हिम्मत चाहिन्छ ।’

नम्रता कार्की : जो वडाध्यक्ष बनेर जनताको सेवा गर्न चाहन्छिन् 

मानव सुरक्षाबारे नेपालसहित विश्वका दुई देशमा कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds