सुर्खेतदेखि जुम्ला आउने गाडी दुर्घटना: ५ गम्भीर घाइते

गाेल्डेन बुढा

जुम्ला, ९ साउन।

सुर्खेतदेखि जुम्ला जाँदै गरेका फाेर्स गाडी दुर्घटना हुदा ५ जना गम्भीर घाइते भएका छन्।शुक्रबार विहान १२ वजे २० मिनेटमा दैलेखको दुल्लू नगरपालिका-१ तल्लाेडुंगेश्वर नजिक दुर्घटना भएको हो। कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फाेर्स गाडी सडकदेखि करिब १५ मिटर तल खाेल्सामा खसेको थियोे।उकालोमा यात्रु चढाउन लाग्दा गाडी व्याक गएर खसेकाे हो।

गाडीमा सवार यात्रु चालक सहित १९ जना थिए।चालक सुर्खेतको विरेन्द्र नगरपालिका -९ का २५ वर्षीया दयाप्रसाद न्याैपाने रहेका छन्।गम्भीर घाइते ५ जनालाई थप उपचारको लागि सुर्खेत पठाइएको छ।

घाइते हुनेहरूमा कालिकोट तिलागुफा नगरपालिका -९ का ६५ वर्षिय मान जि सी, ३८ वर्षिय दान न खत्री,तिला गुफा नगरपालिका ८ बस्ने ३१ बर्षिय जङ्ग ब रावत,३६ वर्षिय ज्योती रावल, थर वतन नखुलेको महिला ३५ वर्षिय, दैलेख आठबिस नगरपालिका -६ बस्ने २६ वर्षिय पदम वि क ,श्रीमती २२ वर्षिय कौसि बिक मेलिना बि क, अछाम जिल्ला विनायक न पा ९ बस्ने ५८ बर्षिय मही कामी, यस्तै जुम्लाको तिला ३ बस्ने २३ वर्षिय विशाल शाही ,कालिकोट जिल्ला सुभकालिका गाउँपालिका -६ बस्ने २६ बर्षिय माया रिजाल, कालिकोट जिल्ला खाडाचक्र ६ बस्ने ४० बर्षिय की सिता शाही, रामेछाप जिल्ला सुनपनि गा पा १ बस्ने ४० बर्षिय प्रेम कुमार तामाङ,सुर्खेत जिल्ला भेरी गंगा न पा १२ बस्ने ३२ बर्षिय तुलसा थापा,जुम्लाको तातापानी गाउँपालिका -६ का नरेश पराजुली,जुम्लाको तिला गाउँपालिका ८ बस्ने १८ वर्षिय रतन रोकाय, १६ वर्षिय विशाल शाही, कालिकोट तिलागुफा नगरपालिका -९ का २४ वर्षिय हिक्मत जिसी र कालिकोट खाडाचक्र नगरपालिका – १ का १४ बर्षिय विनिता शाहि छन्। चालक र सहचालकलाई प्रहरीचौकी तल्लाेडुंगेश्वरले नियन्त्रणमा लिएको छ।

सुर्खेतदेखि जुम्ला आउने गाडी दुर्घटना: ५ गम्भीर घाइते

नेपालगञ्ज नाकाबाट एक वर्षमै ८० अर्बको वैदेशिक

सुर्खेतदेखि जुम्ला आउने गाडी दुर्घटना: ५ गम्भीर घाइते

सम्पादकीय : नेटवर्किङ व्यवसायमा प्रतिवन्ध लगाऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *