नेपालगञ्ज नाकाबाट एक वर्षमै ८० अर्बको वैदेशिक व्यापार, ७ अर्बभन्दा बढीको व्यापार वृद्धि

बाँके ,९ साउन।

नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा २६ देशसँग ८० अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ। अघिल्लो वर्षको तुलनामा यस नाकाबाट हुने व्यापारमा ७ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको वृद्धि देखिएको छ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७२ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो भने २०८१/८२ मा यो बढेर ८० अर्ब ३८ करोड ४ लाख रुपैयाँ पुगेको हो।

भन्सार कार्यालयको तथ्यांकअनुसार गत वर्ष भारतसहित २५ अन्य देशबाट ७७ अर्ब ५३ करोड ८ लाख रुपैयाँ बराबरको सामान आयात गरिएको छ। त्यस्तै, जडीबुटी, प्लाइउड लगायतका १८ प्रकारका वस्तुहरू भारत, मलेसिया र अर्जेन्टिनामा निर्यात गर्दै २ अर्ब ८४ करोड ९५ लाख रुपैयाँको निर्यात गरिएको छ।

प्रमुख पौडेलका अनुसार नेपालगञ्ज नाकाबाट हुने कुल व्यापारमा भारतको हिस्सा सबैभन्दा ठूलो छ। यद्यपि चीन, अमेरिका, बेलायत, जापान, दुबई, साउदी अरेबिया, थाइल्यान्ड, टर्की, युरोपेली सङ्घलगायतका देशहरूसँग पनि कारोबार भइरहेको छ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माले निकासी प्रक्रियालाई अझ सहज र प्रभावकारी बनाउने हो भने जडीबुटी निर्यात थप बढ्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले जडीबुटीको माग उच्च भएका कारण यसको निर्यात सम्भावना उज्ज्वल रहेको बताउनुभयो।

नेपालगञ्ज नाका मुलुकको पश्चिमी भेगमा महत्त्वपूर्ण व्यापारिक प्रवेशद्वार मानिन्छ। यहाँबाट दैनिक लाखौँको कारोबार हुँदै आएको छ।

 

 

नेपालगञ्ज नाकाबाट एक वर्षमै ८० अर्बको वैदेशिक व्यापार, ७ अर्बभन्दा बढीको व्यापार वृद्धि

पर्यटकिय गन्तब्यकाे सुचिकृतमा पर्याे पचालझरना

नेपालगञ्ज नाकाबाट एक वर्षमै ८० अर्बको वैदेशिक व्यापार, ७ अर्बभन्दा बढीको व्यापार वृद्धि

सुर्खेतदेखि जुम्ला आउने गाडी दुर्घटना: ५ गम्भीर

Leave a comment

Your email address will not be published. Required fields are marked *