जुम्लाको ओदी गाउँमा ज्वरो फैलियाे,२ सय ८० जनाकाे स्वास्थ्य परिक्षण
गाेल्डेन बुढा
जुम्ला ,९ साउन।
जुम्लाको हिमा गाउँपालिका-२ ओेदी गाउँमा भाईरल ज्वरो फैलिएपछि चिकित्सकको टोली पुगेको छ । ओदी गाउँमा स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य जाँच गरिरहेको छ । हिमा गाउँपालिका प्रथामिक स्वास्थ्य संयोजक रतनबहादुर रावत सहित स्वास्थ्य केन्द्रको टोली त्यहाँ पुगेर जाँच गरिएको हो ।
स्वास्थ्यकर्मी गोविन्द भण्डारीका अनुसार हिमा गाउँपालिका ओदी गाउँमा गएको साेमबार अर्थात साउन ५ गते ज्वरो र रुघाखोकी फैलिएको भनि खवर आएकोले उक्त क्षेत्रमा तत्काल चिकित्सक टाेली खटाइएको छ।स्वास्थ्य परिक्षण शिविर संचालन गरी ओदी गाउँका स्थानीय र उक्त गाउँमै रहेको नेत्र ज्योती माध्यामिक बिद्यालयमा अध्ययनरत २ सय ८० जना छात्रछात्राहरुलाई स्वास्थ्य परिक्षण गरिएको छ ।हिमा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार दुई दिने शिविरमा १ सय ५४ जना महिला र १ सय २६ जना पुरुषलाई चेकजाँच गरिएको थियोे ।सहभागी भएका छन् ।
उक्त बिरामीहरुको स्वास्थ्य परिक्षण गर्दा भाइरल इन्फेक्सन हुन सक्ने सम्भावना देखिएको शिविरमा संलग्न डा. प्रेम ओलीले बताए ।उनले थपे,रोग निदान तथा प्रमाणिकरणका लागि १० जना संम्भावित बिरामीहरुको स्वाब नमूना संकलन गरी परिक्षणका लागि कर्णाली प्रदेश प्रयोगशालामा पठाइएको छ ।





