बर्षात अभावले बर्दियाका पोखरी सुक्दै, माछापालन संकटमा

बर्दिया ,८ साउन।

निरन्तरको खडेरी र वर्षातको कमीले बर्दिया जिल्लामा रहेका प्राकृतिक तथा कृत्रिम पोखरीहरू सुक्दै गएका छन्। पानीको अभावसँगै माछापालन गर्ने किसानहरू गम्भीर समस्यामा परेका छन्।

बर्दियामा २०३ हेक्टर क्षेत्रफलमा फैलिएका प्राकृतिक पोखरी र ४३० हेक्टर जमिनमा निर्माण गरिएका कृत्रिम पोखरीहरू यतिबेला पानीको चरम अभावमा छन्। गत जेठको सुरुवातमा केही पानी परे पनि त्यसयता वर्षा नहुँदा पोखरीहरू क्रमशः सुक्न थालेका हुन्।

गुलरिया नगरपालिका–४ को कोटही टोलका कृषक शङ्कर घिमिरे भन्नुहुन्छ “कृत्रिम पोखरीमा मोटर जडान गरेर सिँचाइ गर्ने व्यवस्था गरे पनि जमिनमुनिको पानीको सतह घटेपछि बोरिङले समेत पानी तान्न सक्दैन। माछा मर्न थालेका छन्, पूँजी डुब्ने डर बढेको छ।”

प्राकृतिक पोखरी विशेष गरी सरकारी स्वामित्वमा रहेका छन्। ती पोखरी स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत स्थानीय तहको मातहतमा छन्। यस्ता पोखरी भाडामा लिएर व्यवसाय गरिरहेका माछापालक किसान अझ बढी समस्यामा परेका छन्। गुलरिया नगरपालिका–४, सुहेलवाका स्थानीय कमल ज्ञवालीका अनुसार पोखरीमा पानीको सतह घट्दा माछाको बाँच्ने दर घटेको छ र उत्पादनमा गम्भीर असर पर्न थालेको छ।
स्थानीय सरकारले सिँचाइको वैकल्पिक उपायको खोजी नगरेमा माछापालनजस्ता स्वरोजगारमुखी कृषिमा ठूलो क्षति पुग्ने देखिन्छ। मौसममा आएको असामान्यता, जलस्रोतको संरक्षणमा ध्यान नदिएको र दीर्घकालीन रणनीति नबनाउँदा समस्या गहिरिँदै गएको स्थानीय कृषकहरूको गुनासो छ।

बर्दियामा पानीको चरम अभावले पोखरी सुक्दै जानु र माछापालन जस्ता आत्मनिर्भर उद्यमहरू संकटमा पर्नु चिन्ताजनक हो। समयमै समाधान खोजिएन भने ग्रामीण अर्थतन्त्रमा असर पर्ने निश्चित देखिन्छ।

 

 

बर्षात अभावले बर्दियाका पोखरी सुक्दै, माछापालन संकटमा

जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित

बर्षात अभावले बर्दियाका पोखरी सुक्दै, माछापालन संकटमा

थारू संस्कृति जगेर्नाका लागि लुम्बिनी प्रदेशको पहल:

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds