भेरी–बबई डाइभर्सनको भौतिक प्रगति ८३ प्रतिशत


रमेश रावल
सुर्खेत, १० चैत ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन आयोजनाको हालसम्मको प्रगति विवरण ८३ दशमलव ७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ को दोस्रो त्रैमासिकसम्म भौतिक प्रगति ८३ दशमलव ७ प्रतिशत र वित्तिय प्रगति ११६ दशमलव ९३ प्रतिशत रहेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–११ स्थित चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२.२ किलोमिटर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसाली ४६ मेगावाट विद्युत उत्पादन गर्ने योजनासहित काम भइरहेको छ ।
आयोजनाले बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । ३३ अर्ब १९ करोड ६६ लाख लागत अनुमान गरिएको आयोजनामा अहिलेसम्म १६ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ । अहिले बाँधस्थल चिप्लेमा बाँधका ६ वटा ‘वे’ मध्ये २ वटाको ढलान, ग्राभल ट्रिप, फारवे, लिफ्ट बैंक गाइट वाल लगायतका संरचनाहरुको निर्माण कार्य भएको छ ।
त्यस्तै, सर्ज साफ्ट निर्माण स्थलमा स्लोभ स्टभविलाइजेसन गर्ने कार्य सम्पन्न भई साफ्ट खन्न ग्रान्टी क्रेन राखेर कलर बिम ढलान भई साफ्ट खन्न सुुरु भएको आयोजनाका सूचना अधिकारी पवन अधिकारीले बताए । ‘पावर हाउस निर्माणस्थलमा उल्खलनको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ,’ उनले भने,‘ कोफर्डम निर्माण गरी बाटो डाइभर्सन गरिएको छ ।’
आयोजनास्थलका स्लिपवेको वे एक र दुईको स्टिल लाइनको काम सम्पन्न भई हाइड्रोमेकानिकल सम्बन्धि अंधिकाश डिजाइन स्वीकृतीको चरणमा रहेको सूचना अधिकारी अधिकारीले जानकारी दिए । ‘३ वटा ड्राफ्ट टुयुव फिल्डमा आइसकेको छ,’ उनले भने, ‘इलेक्ट्रोमेकानिकल सम्बन्धि ट्रान्सफर्मर–३, ट्रवाइन रनर एक लगायतका सामान पनि आइसकेका छन् ।’ विद्युत प्रसारण लाइन सम्बन्धि सम्झौता भइसकेको र विद्युत लाइनको सम्बन्धि अध्ययन तथा इआइए अध्ययनको सम्झौता भइसकेको आयोजनाले जनाएको छ ।
त्यस्तै, आयोजनालाई चाहिने ३३ हेक्टर जग्गामध्ये गत आर्थिक वर्षमा १०.५९ हेक्टर जग्गा प्राप्तिका लागि सूचना प्रकाशन भई जग्गाको स्वामित्व एकिन गर्ने कामसमेत सम्पन्न भएको जनाइएको छ । ६.५३ हेक्टर जग्गाको मुआब्जा रकम भुक्तानी भएको र बाँकी प्रक्रियामा रहेको सूचना अधिकारी अधिकारीले बताए । स्थानीयहरुले पटक–पटक स्थानीयस्तरमा सिर्जना हुने अवरोधका कारण आयोजनाले गति लिन नसकेको आयोजनाले जनाएको छ । छुट भएका ऐलानी जग्गा तथा उक्त जग्गामा निर्मित संरचनाको क्षतिपुर्तिका सम्बन्धमा स्थानीयहरुबाट आयोजनामा निवेदन पेश भई प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ ।
त्यस्तै, ऐलानी जग्गा प्राप्तिका सन्दर्भमा स्पष्ट नीति तथा कार्यविधिको अभाव रहनुको साथै ऐलानी जग्गाको स्वामित्व परिवर्तनले प्रक्रियागत जटिलता थपिने गरेको अधिकारीले बताए । आयोजनामा कार्यरत कर्मचारीहरुको उत्प्रेरणा जगाउने कारकहरुको अवलम्वन र मनोबल बढाउने वृत्ति विकास, उचित तालिमको व्यवस्थापनमा ध्यान नपुगेको आयोजनाले जनाएको छ ।
पावर हाउस निर्माण हुने बबईको बायाँ किनारा बस्तीबाट निर्माणस्थलमा भएको अवरोध फुकाउन केही भूभागमा हाल कायम सिभिल निर्माण कार्यको ठेक्काबाट तथा अन्य भूभागमा नयाँ ठेक्काबाट निर्माण कार्य अगाडी बढाइ स्थानीयवासीहरुको माग सम्बोधन गरिएको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।
निर्माण व्यवसायीलाई आवश्यक दक्ष जनशक्ती, यन्त्र उपकरण तथा निर्माण सामाग्रीहरु लगायतको उचित व्यवस्थापनमा जोड एवं निर्देशनका साथै आवश्यक समन्वय गरिएको उनको भनाई छ । जग्गा प्राप्ति प्रक्रियामा विभिन्न समस्याहरु आउने गरियता पनि सहजीकरण गर्न स्थानीय प्रशासन लगायत सम्बन्धित निकायहरुसँग समन्वय गर्दै आयोजना अघि बढिरहेको छ । ऐलानी जग्गाको हकमा पेश भएको प्रस्ताव स्वीकृत भएको र हाल कार्यान्वयनको चरणमा रहेको आयोजनाले जनाएको छ ।

निर्माणको काम बिलम्ब
सरकारले आर्थिक वर्ष २०६८÷०६९ देखि सुरु गर्ने भनिएको आयोजना २०७१÷७२ मा मात्र सुरु भएको थियो । पहिलो चरणमा २०७६ चैत १५ सम्म सुरुङ निर्माण गर्ने गरी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप (कोभेक) लाई जिम्मा दिइएको थियो । तर, कम्पनीले करिब १२.२ किलोमिटर लामो सुरुङ आफूलाई दिएको म्यादअघि नै सम्पन्न गरेको थियो । ३ वैशाख २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेतको भेरीगङ्गा–११ स्थित चिप्लेमा १२ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ गरेका थिए । अत्याधुनिक प्रविधिको प्रयोगमार्फत तोकिएको मितिभन्दा एक बर्षअगावै सुरुङको ब्रेक थ्रु भएर चर्चा कमाएको आयोजनाको दोस्रो चरणको काम भने धिमा गतिमा चलिरहेको छ ।
आयोजनाका लागि चालु आर्थिक वर्षका लागि एक अर्ब ७७ करोड छुट्याइएकोमा हालसम्म ४६ करोड रुपैयाँ मात्र खर्च भएको आयोजनाका प्रमुख रणबहादुर बमले बताए । अहिलेसम्म आयोजनामा ६६ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनास्थलमा दैनिक एक सय ५० जनाले काम गरिरहेको उनले जानकारी दिए । २० कात्तिक २०७४ देखि सुरु भएको सुरुङ निर्माणको काम १५ चैत २०७६ मा सक्ने सम्झौता थियो । यद्यपि, नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेसिन (टीबीएम) को सहायताले एक वर्षअगावै सुरुङ निर्माण सम्पन्न भएको थियो ।

भेरी–बबई डाइभर्सनको भौतिक प्रगति ८३ प्रतिशत

सम्पादकीय: औद्योगिक ग्राम निर्माणमा ध्यान देऊ

भेरी–बबई डाइभर्सनको भौतिक प्रगति ८३ प्रतिशत

हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds