ठाकुरबाबामा ११ किमि लामो छेकबार: बाघ, चितुवा र हात्तीको आतङ्कबाट स्थानीयलाई राहत

बर्दिया ,७ साउन।

बर्दियाको ठाकुर बाबा नगरपालिकामा बाघ, चितुवा, हात्तीजस्ता वन्यजन्तुहरूबाट बस्ती जोगाउन ११ किलोमिटर लामो हात्तीपाइले जगसहितको पक्की छेकबार पर्खाल निर्माण गरिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जसँग तीनतिरबाट जोडिएको यस नगरपालिकामा वर्षौंदेखि वन्यजन्तुको आतंकले जनधनको क्षति हुँदै आएको थियो।

प्राकृतिक जोखिम न्यूनीकरणका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा वडा नं. १, ४ र ७ मा गरी २,३३१ मिटर छेकबार पर्खाल निर्माण गरेको छ। हालसम्म निर्माण सम्पन्न भएको पर्खालको लम्बाइ ११ किलोमिटर पुगेको प्रमुख प्रशासकीय अधिकृत नारायण ढकालले जानकारी दिनुभयो।

नगर उपप्रमुख बिना भट्टराईका अनुसार, यसअघि संघसंस्था र निकुञ्जको सहकार्यमा बनाइएका अस्थायी छेकबार प्रभावकारी नहुँदा वन्यजन्तु नियन्त्रणमा चुनौती थियो। तर अहिलेको पक्की र बलियो संरचनाले वन्यजन्तुहरू बस्ती प्रवेश गर्न नसकेको अनुभव गरिएको छ।

स्थानीयवासीहरू छेकबार निर्माणपछि सुरक्षित महसुस गरिरहेका छन्। उनीहरूका अनुसार पहिले वर्षेनी घरपालुवा जनावर, बालीनाली तथा मानिसमै क्षति हुने गरेकोमा अहिले यस्तो त्रास घटेको छ। छेकबारले दीर्घकालीन सुरक्षाको आधार तयार गरेको भन्दै स्थानीय सन्तुष्टि व्यक्त गरिरहेका छन्।

नगरपालिकाले आगामी वर्षहरूमा पनि बजेट छुट्याएर बाँकी क्षेत्रमा छेकबार विस्तार गर्ने योजना बनाएको छ। वन्यजन्तुको आतङ्क न्यूनीकरण गर्दै मानव–वन्यजन्तु द्वन्द्वलाई व्यवस्थित ढंगले समाधान गर्न यो पहल नमुना बन्न सक्ने स्थानीयको विश्वास छ।

 

ठाकुरबाबामा ११ किमि लामो छेकबार: बाघ, चितुवा र हात्तीको आतङ्कबाट स्थानीयलाई राहत

भेरी अस्पतालमा आँखा शल्यक्रिया सेवा सातै दिन

ठाकुरबाबामा ११ किमि लामो छेकबार: बाघ, चितुवा र हात्तीको आतङ्कबाट स्थानीयलाई राहत

जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds