भेरी अस्पतालमा आँखा शल्यक्रिया सेवा सातै दिन : अब कुर्नु नपर्ने, उपचार सहज

बाँके ,७ साउन।

नेपालगन्जस्थित भेरी अस्पतालले आँखा उपचार सेवा थप व्यवस्थित र विस्तार गरेको छ। अबदेखि अस्पतालमा आँखा शल्यक्रियाका लागि छुट्टै शल्यक्रिया कक्ष (माइनर ओटी) सञ्चालनमा ल्याइएको छ, जसअनुसार साताैँ दिन नै शल्यक्रिया सेवा उपलब्ध हुनेछ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार अब आँखा शल्यक्रिया सेवाका लागि लामो समय कुर्नु नपर्नेछ। ओपिडी जस्तै अब माइनर ओटी सेवा पनि नियमित रुपमा सञ्चालन गरिने व्यवस्था मिलाइएको छ।

मंगलवार बैजनाथ र राप्तीसोनारीका दुई जना बिरामीको टेरिजियम सर्जरी सफलतापूर्वक गरिएको नेत्ररोग विशेषज्ञ तथा आँखा विभाग प्रमुख डा. रमेश भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार, “अब हामी ६ दिन नै आँखा शल्यक्रिया सेवा प्रदान गर्न सक्षम भएका छौं। यसअघि शल्यक्रिया कक्ष अभावका कारण बिरामीलाई पालो कुर्नुपर्थ्यो।”

डा. भण्डारी नेतृत्वको नेत्र विशेषज्ञ टिममा डा. कृष्णादेवी श्रेष्ठ, डा. दामोदर पुडासैनी, दृष्टि विशेषज्ञ यादव पौडेल, पवित्रा चौधरी, शारदा चौधरी, नेत्र सहायक राम अग्रहरी र शेखर थापा सहितको समूहले सेवा दिइरहेको छ।

भेरी अस्पतालको ओपिडीमा दैनिक ३०–३५ जना बिरामी आँखा सम्बन्धी समस्याका लागि आउने गरेका छन्। तीमध्ये कतिपय बिरामीलाई तत्काल शल्यक्रिया आवश्यक पर्न सक्ने भएकाले सेवा विस्तारले समयमै उपचार हुने र बिरामीलाई सहजता हुने अपेक्षा गरिएको छ।

यो सेवा विस्तारसँगै भेरी अस्पतालले आँखासम्बन्धी उपचारमा गुणस्तर, पहुँच र सहजता थप बलियो बनाएको छ। स्वास्थ्य सेवामा गुणात्मक सुधारको प्रतीकका रूपमा यो कदमलाई सकारात्मक रूपमा लिइएको छ।

 

भेरी अस्पतालमा आँखा शल्यक्रिया सेवा सातै दिन : अब कुर्नु नपर्ने, उपचार सहज

उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा ९३ प्रतिशत

भेरी अस्पतालमा आँखा शल्यक्रिया सेवा सातै दिन : अब कुर्नु नपर्ने, उपचार सहज

ठाकुरबाबामा ११ किमि लामो छेकबार: बाघ, चितुवा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds