उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा ९३ प्रतिशत मुद्दा फछ्र्यौट

गाेल्डेन बुढा

जुम्ला,७ साउन।
उच्च अदालत सुर्खेत जुम्ला ईजलासले ९३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । गत आर्थिक वर्ष २०८१÷०८२ कुल दर्ता भएका मुद्दा मध्य असार ३० गते सम्म ९३.०८ प्रतिशत मुद्दा फछ्र्यौट भएका हुन् । मंगलबार उच्च अदालत सुर्खेत जुम्ला ईजलासले पत्रकार भेटघाट कार्यक्रममार्फत यस्तो जानकारी गराएको हो।यस्तै आर्थिक वर्ष २०८१÷०८२ मा नयाँ दर्ता भएका १ सय ९१ र जिम्मेवारी सरेका २६ मुद्दा गरि कुल २ सय १७ वटा मुद्दा दर्ता भएका थिए ।जसमा आर्थिक वर्षको असार मसान्त सम्म कुल दर्ता भएका मुद्दा मध्य २ सय २ वटा अर्थात ९३.०८ प्रतिशत मुद्दा फछ्र्यौट भएको अदालतले जनाएको छ। प्रतिवदेननुसार हाल १५ वटा मुद्दा बाँकी छन् । वार्षिक फछ्र्यौट लक्ष्य १ सय ७८ थियोे। लक्ष्य भन्दा बढि मुद्दा किनारा लागेका छन् ।

आर्थिक वर्ष २०७९÷०८० देखि २०८१÷०८२ सम्म तीन वर्षको तुलना गर्दा आर्थिक २०८१÷०८२ मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट भएको देखिन्छ । तथ्यांंकले उच्च अदालत सुर्खेत जुम्ला ईजलासको न्याय सम्पादन प्रभावकारी बन्दै गएको देखिन्छ । अदालतको तीन वर्षे तुलनात्मक विवरण अनुसार आर्थिक वर्ष २०७९÷०८० मा कुल २ सय ५५ मुद्वा दर्ता भएकोमा फछ्र्यौट २ सय ५ भएका छन्। भने बाँकि ५० मुद्दा छन् ।त्यस्तै आर्थिक वर्ष २०८०÷८१ कूल २७९ वटा मुद्वा दर्ता भएकोमा अन्तिम सम्म फछ्र्यौट २ सय ५३ वटा मुद्दा फछ्र्यौट भएका छन् । भने २६ वटा मुद्वा फर्याैट हुन बाँकी छन् । यता आर्थिक वर्ष २०८१÷८२ मा २ सय १७ वटा मुद्दा दर्ता हुदा २ सय २ फछ्र्यौट भएका छन्।

यस्तै गत आर्थिक वर्षमा थुनुवा मुद्वा संख्या ४३ रहेकोमा फछ्र्यौट ४० मुद्वा भएका छन् । थुनुवा मध्ये पुरुष ३७ बालबालिका २ छन् । अदालतमा दर्ता भएका मुद्वाको विवरण हेर्दा रिट निवेदन ३४,जवर्जस्ती करणी ६२, ज्यान मार्ने उद्योग १४, कर्तव्य ज्यान १०, बहुविवाह ५,सम्बन्ध विच्छेद २,सवारी ज्यान ४ ज्यान÷सवारी अंड्ङ्गभङ्ग २, मानव बेचविखन तथा ओसारपसार ५ मुद्वा दर्ता भएका थिए ।त्यस्तै जातिय विभेद- २ लागु औषध–१४, अवहेलना २, हातहतियार तथा खरखजना ४, चोरी ९, नकबजनी–१०, अंश–४ अन्य–३४ वटा मुद्वा दर्ता भएका थिए ।

उच्च अदालत सुर्खेत जुम्ला ईजलासका मुख्य न्यायाधीश श्यामजी प्रधानले न्याय सम्पादनलाई नागरिक मैत्री बनाउन लागेको बताए।न्यायलयमा नागरिकको सहज पहुँच विस्तारका लागि भर्चुअल बकपत्र देखि छिटो न्याय दिन अदालतका सबै संयन्त्र परिचालन गरिरहेको समेत मुख्य न्यायधिस प्रधानले उल्लेख गरे।यस्तै उच्च अदालत सुर्खेत जुम्ला ईजलास अन्तर्गत कर्णाली प्रदेशका माथिल्लो कर्णालीका ५ जिल्लाको जिल्ला अदालतको मुद्दाको अबस्थालाई विश्लेषण गरिएको छ।

जसमध्ये जुम्ला अदालतमा ३ सय १४ मुद्दा दर्ता हुँदा २ सय १४ फछ्र्यौट भएका छन् । भने १ सय मुद्दा बाँकी छन् । मुगुमा १ सय ३५ मुद्दा दर्ता भएकोमा फछ्र्यौट १ सय ३ र बाँकी ३२ वटा मुद्वा छन् । भने हुम्लामा कूल दर्ता ६९ मुद्दा मध्य ६० मुद्दा फछ्र्यौट र ९ वटा बाँकी छन् । यता कालिकोट जिल्ला अदालतमा कुल २ सय ३६ मुद्दा दर्ता भएकोमा १ सय ७६ मुद्दा फछ्र्यौट भएको र ६१ बाँकी छन् । त्यस्तै डोल्पा जिल्ला अदालतमा ७६ मुद्दा दर्ता भएकोमा ५४ मुद्वा फछ्र्यौट र २२ वटा बाँकी छन् ।

उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा ९३ प्रतिशत मुद्दा फछ्र्यौट

भूकम्पबाट भत्किएका सरकारी संरचना निर्माणको काम तीव्र

उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा ९३ प्रतिशत मुद्दा फछ्र्यौट

भेरी अस्पतालमा आँखा शल्यक्रिया सेवा सातै दिन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds