बाँके सशस्त्र प्रहरीद्वारा एक वर्षमा १० करोडभन्दा बढीको अवैध सामान बरामद

बाँके,६ साउन ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी, बाँकेले आर्थिक वर्ष २०८१/०८२ मा उल्लेखनीय सफलता हात पारेको छ। सो अवधिमा गण र मातहतका इकाइहरूले करिब १० करोड १६ लाख ४५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध भन्सार छलीका सामग्री बरामद गर्दै नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएका छन्।

सशस्त्र प्रहरीले अवैध काठ, नगद, पशुजन्य सामग्रीसहित विभिन्न अवैध वस्तुहरू नियन्त्रणमा लिएको हो। एक वर्षको अवधिमा ६ लाख ८८ हजार रुपैयाँ बराबरको काठ बरामद गरी डिभिजन वन कार्यालयमा बुझाइएको छ भने ५८ लाख १० हजार रुपैयाँ बराबरको बोइलर कुखुरा, माछा, दूध, अण्डा, चल्ला आदि बरामद गरि पशु क्वारेन्टाइन कार्यालयमार्फत नष्ट गरिएको सशस्त्र प्रहरीको भनाइ छ।

त्यसैगरी स्रोत नखुलेको १० लाख १२ हजार ९२५ रुपैयाँ नगद समेत बरामद गरिएको छ। विभिन्न अवैध क्रियाकलापमा संलग्न आरोपमा ४४ जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

खजुरा गाउँपालिका–१ बहादुरपुरबाट एक थान भरुवा बन्दुक बरामद गर्नुका साथै अवैध ओसारपसारमा प्रयोग गरिएका ३ वटा गाडी, ३८ वटा मोटरसाइकल र ५ वटा अटोरिक्सा समेत नियन्त्रणमा लिइएका छन्।

सशस्त्र प्रहरी बलले सुरक्षा गतिविधिसँगै सामाजिक चेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ। गणले ११० पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै ४८ पटक जिल्लामा भएका विपद्‌ घटनाको उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको यो सफलता भन्सार छली र अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय योगदानका रूपमा हेरिएको छ।

 

बाँके सशस्त्र प्रहरीद्वारा एक वर्षमा १० करोडभन्दा बढीको अवैध सामान बरामद

अनर्वा तालको सम्भावना: संरक्षण र लगानी भए

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds