साउनदेखि कार्तिकसम्म डेङ्गी संक्रमणको जोखिम, सुर्खेतमा लामुखुट्टे ‘खोज र नष्ट गर’ अभियान चलाइँदै

सुर्खेत, ६ असार ।
सुर्खेतमा लामखुट्टेको टोकाईबाट हुने डेङ्गी संक्रमणको जोखिम बढ्दै गएको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्ला भर पाँच आर्थिक वर्षको अवधिमा पाँच हजार आठ सय ५३ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ३९ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा एक हजार तीन सय २२, आर्थिक वर्ष २०७९/०८० मा एक हजार चार सय ८४, आर्थि वर्ष २०८०/०८१ मा पाँच सय ७१ र आर्थिक वर्ष २०८१/०८२ मा एक हजार आठ सय ३७ जनामा डेङ्गी संक्रमण पुष्टि भएको जनस्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

कार्यालयको तथ्यांक अनुसार डेङ्गी संक्रमणको जोखिम सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका र गुर्भाकोट नगरपालिका छ । गत वर्षमात्रै वीरेन्द्रनगर नगरपालिकामा एक हजार चार सय १६ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।

यस्तै, भेरीगंगा नगरपालिकामा २९, लेकवेशी नगरपालिकामा ३८, चिङ्गाड गाउँपालिकामा नौ, गुर्भाकोट नगरपालिकामा एक सय ४३, सिम्ता गाउँपालिकामा ६, बराताल गाउँपालिकामा १७ पञ्चपुरी नगरपालिकामा एक सय ३५ र चौकुने गाउँपालिकामा एक जनामा डेङ्ग सक्रमण पुष्टि भएको जनस्वास्थ्य सेवा कार्यालयका वरिष्ट मलेरिया निरक्षक उदय विसीले बताए । उनका अनुसार डेङ्गी संक्रमणका कारण चार जनाको मृत्यु भएको छ ।

साउन महिना लागेसँगै डेङ्गी संक्रमणको जोखिम बढ्दै गएको उनले बताए । डेङ्गी सार्ने जातको लामखुट्टे बस्ने स्थानको बृद्धि हुँदै जादा विशेष गरी वीरेन्द्रनगर गुर्भाकोट र पञ्चपुरी नगरपालिका डेङ्गी संक्रमणको उच्च जोखिममा रहेको विसीले बताए । साउन महिनाबाट डेंगी संक्रमण क्रमशः वृद्धि हुँदै जाने भएकाले सुरुवाती चरणमै व्यापक प्रचार–प्रसार र समुदाय परिचालनमार्फत डेङ्गी संक्रमण नियन्त्रणका क्षेत्रमा काम गरिदै आएको भएपनि जोखिम भने कायमै रहेको उनले बताए ।

डेङ्गी नियन्त्रणको मूल आधार लामखुट्टेको प्रजननस्थल खोजेर नष्ट गर्नु रहेको विसीले बताए । एडिज लामखुट्टे वयस्क नहुँदासम्मको करिव ८० प्रतिशत जिवनचक्र (अण्डा, लार्भा र प्यूपा अवस्था) पानी भित्र वा पानीको सतहमा हुने हुँदा मूल श्रोतलाई निर्मूल नगरी उडिरहेका वयस्क लामखुट्टेलाई मात्र लक्षित गरेर डेङ्गी संक्रमण नियन्त्रण गर्न नसकिने उनले बताए ।

साउनदेखि कार्तिक महिनासम्म एडिस लामखुट्टेको प्रजननको जोखिम बढी हुने भएकाले यी महिनाहरुमा थप सचेत भई कम्तीमा हप्ताको एकपटक समुुदायस्तरमा लामखुट्टेका प्रजनन् स्थल खोजेर नष्ट गर्ने अभियानलाई निरन्तरता दिदै आएको उनले बताए । डेङ्गी संक्रमणको उपचार पद्धती नरहेको उल्लेख गर्दै लामुखट्टेको बासस्थान नष्ट गर्नुको विकल्प नभएको उनले बताए ।

साउनलार्ई डेङ्गी सचेतना महिना घोषणा
देशव्यापी डेङ्गी संक्रमण फैलन थालेपछि सरकारले साउन महिनालाई डेङ्गी सचेतना महिना राष्ट्रिय अभियान घोषणा गरको छ । आइतबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनस्वास्य कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराईले डेङ्गी रोकथामको सन्दर्भमा देशव्यापी रूपमा समुदायस्तरमा व्यापक जनचेतना अभिवृद्धि गरी यस सम्बन्धी विद्यमान भ्रम तथा गलत धारणा हटाउन साउन महिनालाई सचेतना महिना घोषणा गरिएको बताइन । संघीय सरकारद्वारा घोषित अभियानमा समेटिएका विषयहरु तत्काल अघि बढाउन लागिएको उनले बताइ ।

लामखुट्टे प्रजनन् स्थलहरूको पहिचान र नियन्त्रणका प्रभावकारी अभ्यासहरूलाई व्यवहारमा उतार्न नागरिक तथा समुदायको सक्रिय सहभागिता प्रवद्र्धन गर्नु अभियानको मुख्य उद्देश्य रहेको उनको भनाई छ । ‘समाजका सबै तहको सहभागिता सुनिश्चित गर्दै, बहुक्षेत्रीय सहकार्य तथा समन्वयलाई प्रवद्र्धन गर्नु र डेङ्गी रोकथामलाई बृहत, समन्वित र प्रभावकारी बनाउनु अभियानको मुख्य उद्देश्य हो,’ भट्टराईले भनिन्, ‘स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनहरूको पूर्वतयारीलाई प्रोत्साहित गरी डेङ्गी नियन्त्रणका लागि जिम्मेवार निकायहरूको सक्रिय संलग्नता र उत्तरदायित्व सुनिश्चित गर्नु अभियानको उद्देश्य हो ।’

उनका अनुसार डेंगी सचेतना महिनामा गरिने क्रियाकलापहरूमा हरेक शुक्रबार सफा शुक्रबार अभियान मार्फत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा संगठित संस्थाहरूमा सरसफाई तथा लामखुट्टे प्रजनन स्थलहरूको खोजी र नष्ट गर्ने कार्य गरिने छ । त्यस्तै, स्थानीयतबाट टोल विकास समितिहरु, नागरिक समाज तथा अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गरी हप्ताको एक दिन, एक घण्टा हुदैन कुनै कष्ट, समुदायको सहभागितामा लामखुट्टेको लार्भा नष्ट भन्ने नाराका साथ खोज तथा नष्ट अभियान संचालन हुने उनले जनाइन ।

डेङ्गी नियन्त्रणका रणनीति र समुदायस्तरमा गर्नुपर्ने गतिविधिबारे संघ, प्रदेश, तथा स्थानीय तहहरूमा छलफल तथा पैरवी, हरेक वडामा घरदैलो, समूह छलफल, पोस्टर/व्यानर वितरण लगायत माध्यमद्वारा डेङ्गीको जोखिम, लक्षण र रोकथामबारे जनचेतना फैलाउने कार्य साउन महिनामा भर गरिने छ ।

त्यस्तै, खोज तथा नष्ट बिधि लगायत अन्य डेङ्गी सम्बन्धी स्वास्थ्य शिक्षा तथा सुचना सामग्रीहरू उत्पादन, वितरण तथा प्रचार–प्रसार गर्ने, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा संचार केन्द्र मार्फत मार्फत विभिन्न स्थानीय भाषामा तयार पारिएका रेडियो जिङ्गलहरू देशभरका एफएम सञ्जालहरूमार्फत प्रसारण गर्ने, मोबाइल रिङ्गटोनमार्फत डेंगी जोखिमसम्बन्धी सूचना नागरिकसम्म प¥याउने काम गरिने कार्यालय प्रमुख भट्टराईले बताइन ।

उनका अनुसार विद्यालयस्तरमा डेङ्गी सम्बन्धी व्यवहार परिवर्तन ल्याउने उद्देश्यले विद्यालय स्वास्थ्य दूत मार्फत साथी शिक्षा, विद्यालय–घर सन्देश प्रवाह, वक्तृत्वकला, निवन्ध तथा वादविवाद प्रतियोगिता जस्ता क्रियाकलापहरु सञ्चालन गरिने छ । स्थानीय तहको सहजीकरणमा विद्यालयमा विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाइको अनुगमन गरिने जनाइएको छ ।

त्यस्तै, युवा क्लब, स्वयंसेवक तथा विश्वविद्यालयस्तरका विद्यार्थी सञ्जाललाई खोज तथा नष्ट अभियानसहित डेङ्गी नियन्त्रणका गतिविधिमा परिचालन गरिने भट्टराईले बताइन । डेङ्गी नियन्त्रणको पाटो सरकारको एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै उनले यसमा समुदायको संक्रिय सहभागिता हुनुपर्नेमा जोड दिइन ।

साउनदेखि कार्तिकसम्म डेङ्गी संक्रमणको जोखिम, सुर्खेतमा लामुखुट्टे ‘खोज र नष्ट गर’ अभियान चलाइँदै

सम्पादकीय : कहिले पाउँने लालपुर्जा ?

साउनदेखि कार्तिकसम्म डेङ्गी संक्रमणको जोखिम, सुर्खेतमा लामुखुट्टे ‘खोज र नष्ट गर’ अभियान चलाइँदै

कर्णालीको स्थानीय सेवा ऐन प्रमाणीकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds