गुलरियामा महिला सहकारीबाट कृषकलाई सिँचाइ मोटरदेखि केराको बिरुवासम्म सहयोग

४, साउन २०८२
बर्दिया ।बर्दियाको गुलरिया नगरपालिका–५ तुलसीपुरमा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले किसानहरूको उत्पादन वृद्धि र जीवनस्तर उकास्नका लागि विविध कृषि सामग्री वितरण गरेको छ।

संस्थाले केरा खेतीमा संलग्न कृषकहरूलाई लक्षित गरी सिँचाइका लागि २७ जना किसानलाई पानी तान्ने मोटर, १,२०० केजी पाइप, पाँच जनालाई मिनी टिलर, १२ स्थानमा पानीको बोर, ३४ जनालाई स्प्रे ट्याङ्की र ४४ हजार केराका बिरुवा वितरण गरेको हो।

दीगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष जितकुमारी योगीका अनुसार ग्रामीण कृषकहरूको उत्पादन र आम्दानी बढाउन उद्देश्यसहित कृषि औजार तथा सामग्रीहरू वितरण गरिएको हो।

लामो समयदेखि गाउँस्तरमा सहकारीमार्फत आर्थिक तथा सामाजिक सशक्तीकरणमा क्रियाशील दीगोपनको यो पहल जिल्लामै उदाहरणीय रहेको गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले बताउनुभयो।

स्थानीय कृषकहरूले दीगोपनको पहलबाट आफूहरूलाई ठूलो राहत मिलेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रम अझै निरन्तर हुनुपर्नेमा जोड दिएका छन्।

 

गुलरियामा महिला सहकारीबाट कृषकलाई सिँचाइ मोटरदेखि केराको बिरुवासम्म सहयोग

बागेश्वरी एकेडमीद्धारा कक्षा ११ को स्वागत तथा

गुलरियामा महिला सहकारीबाट कृषकलाई सिँचाइ मोटरदेखि केराको बिरुवासम्म सहयोग

प्रति फाेटाेकाे २० रुपैयाँ तिर्छन्: पर्यटकहरु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds