बाँकेमा चितुवाको आक्रमण महिलाको ज्यान गयो

बाँके ,३१ भदौ।

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ सिनावाझमा चितुवाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । स्थानीय ४५ वर्षीया लक्ष्मी थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला वन कार्यालय बाँकेले पुष्टि गरेको छ ।
थारु आइतबारदेखि हराइरहेकी थिइन् भने सोमबार  मात्र उनको शव मृत अवस्थामा फेला परेको हो । जिल्ला वन कार्यालयका प्रमुख शंकर प्रसाद गुप्ताका अनुसार, थारुलाई च्याउ टिप्न गएकै क्रममा जनमुखी सामुदायिक वन क्षेत्रको पुरानो पानी ट्यांकी नजिक चितुवाले आक्रमण गरेको हो । घटनास्थलमै थारुको मृत्यु भएको जनाइएको छ ।
डिभिजन वन कार्यालयले स्थानियलाई बन क्षेत्रमा सावधानी अपनाउन र जोखिमयुक्त क्षेत्रमा एक्लै नजान आग्रह गरेको छ । यस प्रकारको घटनाले वन्यजन्तु र मानवबीचको द्वन्द्व अझ चर्किँदै गएको संकेत गरेको देखिन्छ ।

बाँकेमा चितुवाको आक्रमण महिलाको ज्यान गयो

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

बाँकेमा चितुवाको आक्रमण महिलाको ज्यान गयो

नेपालगन्जमा लुटपाट गरिएका सामाग्री फिर्ता हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *