जुम्लामा डिकेस नाथ योगीको निधन, आक्रोशित आफन्तले शव बुझ्न अस्वीकार गरे

कालिबहादुर परियार

जुम्ला ,३१ साउन।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत जुम्ला हिमा गाउँपालिका–३ निवासी डिकेस नाथ याेगीकाे निधन भएकाे छ। शुक्रबार बिहानै निधन भएपछि आफन्तहरूले अस्पताल प्रशासनप्रति असन्तुष्टि जनाउँदै शव बुझ्न अस्वीकार गरेका छन्।

आफन्तहरू अस्पताल परिसरमै आक्राेशित बन्दै आन्दोलित बनेका छन्। उनीहरूले याेगीकाे उपचार प्रक्रियामा लापरबाही भएकाे आराेप लगाएका छन्। बिहानैदेखि अस्पतालकाे वेडबाट शव नउठाएर आफन्तहरू बाहिरिएका छन् । भने प्रशासनसँग वार्ता नहुन्जेल शव अन्त्येष्टि नगर्ने भन्दै आफन्त अडानमा रहेका छन् ।

सोधपुछका लागि प्रहरी पनि अस्पताल पुगेकाे छ। अहिले अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएकाे जनाइएकाे छ। उक्त बिषयमा छलफलका लागि अहिले आन्दोलनकर्मी र अस्पताल प्रशासन छलफलमा रहेकाे छ ।
मृतक डिकेशनाथ याेगीकाे शव अहिले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानकाे बेडमा राखिएको छ ।

२०८२ साल जेठ २६ गते पेट दुखेपछि जुम्ला हिमा गाउँपालिका -३ का डिकेशनाथ याेगी जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा भर्ना गरिएकाे थियाे । चिकित्सकहरूले सामान्य एपेन्डिसाइटिसको शंका गर्दै शल्यक्रिया गरे, तर त्यसपछि अवस्था झन् जटिल बन्दै गयो।

भोलिपल्ट नै दोस्रो शल्यक्रिया गर्नुपर्याे । परिवारले पिडामा डुबेर डाक्टरलाई सहमति दियो । तर डिकेसको अवस्था भने, सुधारिएन । चिकित्सकहरूले डिकेसलाई नेपालगन्ज रेफर गरे, तर त्यहाँ पनि उपचार सम्भव नभएपछि पुनः जुम्ला फर्काइएकाे थियाे ।

मृतकका बाबु जगत नाथ योगी भन्छन्,“डाक्टरले भन्नुभयो, अब बाँच्ने सम्भावना छैन । मुख्य आन्द्रा नै छैन।”उनी भन्छन्, “म एसईईपछि छोरालाई काठमाडौं पढाउन पठाउने सपना देखिरहेको थिएँ ।

शल्यक्रियामा आन्द्रा निकालिए पछि डिकेसको शरीरले खाना पचाउने र पोषण ग्रहण गर्ने प्राकृतिक क्षमता गुमाएकमे थियाे । मृतक डिकेश लाई नसाबाट पोषण दिने विशेष औषधि ( टिपिएन ) को सहारामा जिवित राखिएको थियाे ।

तर यो औषधि दीर्घकालीन समाधान होइन। अन्ततः ‘साना आन्द्राको प्रत्यारोपण’नै एक मात्र विकल्प रहेकाे थियाे ।

जुन विदेशमै मात्र सम्भव थियाे । खर्चिलो र जटिल प्रक्रिया भएकाले, डिकेसको परिवार त्यो खर्च थेग्न नसक्ने अवस्थामा थियाे ।

डिकेसको अवस्था कुनै एक बिरामीको मात्र पीडा थिएन । यो देशको स्वास्थ्य प्रणाली माथिको गम्भीर प्रश्न हो । सामान्य एपेन्डिसाइटिसको शल्यक्रिया किन यति जटिल बन्यो? चिकित्सकको लापरवाही हो कि बिरामीको दुर्लभ स्वास्थ्य अवस्था? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो प्रतिष्ठित संस्थाबाट यस्तो गल्ती हुनु चिन्ताजनक रहेकाे भन्दै अहिले जुम्लाका नागरिकले प्रश्न गर्न थालेका छन् ।

स्वतन्त्र छानबिन र राज्यको उत्तरदायित्व आवश्यक
यो घटनाको स्वतन्त्र छानबिन हुनु भन्दै आफन्तले आन्दोलन गरेका छन् । यदि चिकित्सकीय लापरवाही प्रमाणित भयो भने दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्छ।

राज्यले तत्काल गम्भीर अवस्थामा परेका नागरिकहरूलाई विदेश उपचारका लागि विशेष राहत कोष स्थापना गर्नुपर्छ। यस्तो पीडा अरूले भोग्नु नपरोस् भन्दै आन्दोलन चर्किएको छ ।
मान्छे मार्न पाहिदैन, यस्ताे डाक्टर चाहिदैन, हत्यारा डाक्टर राजिनामा दे, लगाएतका नारा लगाउदै मृतकका आफन्तहरू आक्राेशित बनेका छन् ।

जुम्लामा डिकेस नाथ योगीको निधन, आक्रोशित आफन्तले शव बुझ्न अस्वीकार गरे

औषधि व्यवसायीविरुद्ध १७ मुद्दा दर्ता, १३ पसल

जुम्लामा डिकेस नाथ योगीको निधन, आक्रोशित आफन्तले शव बुझ्न अस्वीकार गरे

संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds