नरैनापुरमा वर्षायामजन्य रोग नियन्त्रणका लागि सरसफाइ अभियान सुरु

बाँके, ३१ साउन।

बाँकेको नरैनापुर–१ मंझरेटीमा स्वास्थ्यकर्मी, प्रहरी र स्थानीयवासीले वर्षायाममा फैलिने रोग र किरा–फट्याङ्ग्राबाट बच्न सरसफाइ अभियान सुरु गरेका छन्।

नरैनापुर–१ कटकुइया स्वास्थ्य चौकीका इन्चार्ज दिनेश मौर्यका अनुसार सडक र घर–आँगन सफा राखेर लामखुट्टे, सर्पदंश र सरुवा रोगको जोखिम कम गर्ने उद्देश्यले अभियान चलाइएको हो। बर्खामा फोहोर पानी र अस्वच्छ खानपानका कारण झाडापखाला, भाइरल ज्वरो र मलेरियाको जोखिम बढ्ने भएकाले पानी जम्ने खाल्डा पुर्ने र सरसफाइबारे जनचेतना फैलाउने काम भइरहेको छ।

स्वास्थ्य चौकीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहभागितामा गरिएको सरसफाइमा आमा समूह, गाउँघर क्लिनिक र खोप कार्यक्रममा पनि सरसफाइको महत्त्वबारे जानकारी दिइएको मौर्यले बताए।

हाल नरैनापुरमा झाडापखाला, मलेरिया र उच्च ज्वरोका बिरामी बढेका छन्।

 

 

नरैनापुरमा वर्षायामजन्य रोग नियन्त्रणका लागि सरसफाइ अभियान सुरु

लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनको अपार सम्भावना

नरैनापुरमा वर्षायामजन्य रोग नियन्त्रणका लागि सरसफाइ अभियान सुरु

पेट्रोलको भाउ दुई रुपैयाँ बढ्यो, डिजेल र

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds