भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

नयाँदिल्ली, १ पुस (रासस/सिन्ह्वा)।

उत्तरी भारतको एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ ।

प्रहरीका अनुसार मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरुकोे ठक्करको कारणले उनीहरुको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेकको बताइएको छ ।

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

श्रीलङ्कामा चक्रवात पछि अधिकांश विद्यालय सुचारु

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

जुम्लामा दुई महिलाको झुण्डिएको अवस्थामा मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds