लुम्बिनी प्रदेश सभाको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै

दाङ, जेष्ठ २०८२।

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन अन्तर्गत दोस्रो बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार सम्भावित कार्यसूची अन्तरगत बैठकमा तीन मुख्य विषयहरु तय गरिएको उहाँको सचिवालयले जानकारी गराएको छ ।

आजको बैठकमा एउटा विधेयक पेश हुने, सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सदस्यहरुको अनुपस्थितिको जानकारी सभामा गराउने, प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा मन्तव्य राख्ने कार्यसूचीमा समावेश गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा बैठकमा पेश गर्ने सम्भावीत कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

 

 

 

 

 

 

लुम्बिनी प्रदेश सभाको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै

युगआह्वानका अविछिन्न २५ औं वर्ष : मोफसलको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds