युगआह्वानका अविछिन्न २५ औं वर्ष : मोफसलको पत्रकारितामा दरिलो उपस्थिती
सुर्खेत, १ जेष्ठ ।
युगआव्हान राष्ट्रिय दैनिकले आफ्नो रजत जयन्तीको अवसरमा एक महत्वपूर्ण माइलस्टोन पार गरेको छ । सोमबार एक विशेष समारोहका बिच नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा युगआह्वानले आफ्नो २५ औं वार्षिकोत्सव मनाएको हो ।
रजत जयन्ती समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मोफसलमा रहेर सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा युगआह्वानले पु¥याएको योगदामा खुलेर प्रशंसा गरे । पछिल्लो समय मिडिया क्षेत्र धरासायी बन्दै गएको उल्लेख गर्दै उनले जनताको सूचना पाउने अधिकारको सुनिश्चिता दैनिकको मुलमर्म हुनुपर्ने बताए ।

राज्यका सेवा प्रवाह, सरकारका कामकारवाही लगायतका विषयमा रचनात्मक समाचार सामग्री प्रकाशन गरेमात्रै देशमा सुशानसहितको विकासको अपेक्षा पुरा मन्त्री गुरुङको भनाई थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रकाशित यो पत्रिका पश्चिम नेपालको पत्रकारिता क्षेत्रको एक अविस्मरणीय नाम बन्न पुगेको सुखद अवसरमा सहभागी हुन पाउदा खुसी लागेको बताउँदै उनले स्वतन्त्र प्रेसको सवालमा सरकार सधैं प्रतिवद्ध भएको धारणा राखे ।

रजत जयन्ती समारोहमा बोल्दै कर्णाली प्रदेश सरकारका प्रवक्तासमेत रहेका भूमि, व्यवस्था, कृषि तता सहकारी मन्त्री विनोदकुमार शाहले कर्णालीको समृद्धिका लागि युगआह्वानले सशक्त भुमिका खेल्नुपर्ने बताए । त्यस्तै, नेपाल पत्रकार महासंघ कर्णालीका महासचिव खगेन्द्र भट्टराईले संकटका बिच युगआह्वानले मोफसलमा जोगाइ रहेको पत्रकारिताको साखको उच्च सम्मान गरे ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युगआह्वान दैनिकले स्वतन्त्र पत्रकारिताको अभ्यासलाई अझै व्यवस्थित बनाएर लैजानु पर्ने बताइन । नगरपालिकाका हरेक गतिविधिमा युगआह्वानले पुरयाएको योगदानको प्रशंसा गरिन ।

वर्ष व्यक्ति बने हरिबहादुर
रजत जयतीका अवसरमा म्यारथन धावक जुम्लाका हरिबहादुर रोकायालाई वर्ष व्यक्ति पुरस्कारबाट सम्मान गरिएको थियो । उनलाई जनही १५ हजार नगदसहित, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । युगआह्वानले गत वर्षदेखि युग वर्ष व्यक्ति छनांैट पुरस्कृत गर्दै आएको छ ।

गत वर्ष २४ औं वार्षिकोत्सवको अवसरमा रंगकर्मी प्रेमदेव गिरी सम्मानित भएका थिए । यस्तै यो वर्ष उत्कृष्ट काम गर्ने पाँच कर्मचारीसँगै पत्रिका सञ्चालन तथा व्यवस्थापनमा सहयोग पु¥याएका विशिष्ट व्यक्ति तथा संस्था र विज्ञापनदातासमेत सम्मानित भएका थिए ।
जसमा उत्कृष्ट कर्मचारीमा पत्रिकाका कार्यकारी सम्पादक ओमबहादुर शाही, व्यवस्थापनतर्फ यामुना गौतम वितरकमा नविना हमाल, स्तम्भकार उमालाल आचार्य र मुद्रण विभागका दिनेशकुमार कटुवाल छन् ।

पत्रिका सञ्चालन तथा व्यवस्थापनमा योगदा पुरयाउेन सुन्दर नेपाल संस्था, नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत, बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था, नलेज बिज्ञापन सेवा र कृषि विकास बैंक प्रदेश कार्यालय सुर्खेतलाई सम्मान गरिएको थियो ।
त्यस्तै, पत्रिकालाई हालको स्थितीमा पु¥याउन विभिन्न सयममा योगदान पुरयाएका हेमध्वज थापा, तेजबहादुर खड्का, तारा देवकोटा, विष्णुबहादुर शाही, चक्रदेव शर्मा, डण्डीप्रसाद शर्मा, महेश शर्मा, सुरेश रेग्मी, यज्ञप्रसाद ढकाल, शिवप्रसाद उपाध्याय, प्रयागराज शर्मा लक्ष्मी शर्मा, प्रेम प्रसाद रेग्मी, टीकाराम शर्मा, धन बहादुर रावत, भिमबहादुर मल्ल, मानबहादुर शाही र युवराज शर्मा सम्मानित भएका थिए ।
वि.सं. २०५७ फागुन २४ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भई प्रारम्भमा साप्ताहिक रुपमा प्रकाशन सुरु भएको थियो । २०६६ चैत्र २९ गतेदेखि दैनिक तथा २०७६ भदौ १ गतेदेखि कर्णाली प्रदेशमै पहिलोपटक ब्रोडसिट आकारमा प्रकाशन हुदै आएको छ ।

निष्पक्षता, निर्भिकता र निरन्तरतालाई मुल मन्त्र बनाई स्थानीय स्रोतसाधन, उपलब्ध प्रविधिको भरपुर उपयोग गर्दै हामीले आफ्नो प्रकाशनलाई थप परिस्कृत, परिमार्जित, सुव्यवस्थित साथ दैनिक फरक/फरक विषयवस्तुमा पाठकमाझ उपस्थिति जनाउने प्रयास युगआह्वानले गरिरहेको प्रकाशक तथा प्रधान सम्पादक दीपककुमार बुढा क्षेत्रीले बताए ।

‘कोभिड–१९ को विश्वव्यापी महामारी, लकडाउनको अवस्थामा पनि देशका ठुला भनिएका सबै छापामाध्यम केही दिन बन्द भए । तर प्रदेशस्तरमा रहेर हाम्रो टिमले आफ्नो प्रकाशनलाई एक दिनपनि नरोकि नियमित प्रकाशन गरेर महामारीको ठूलो संकटपूर्ण अवस्थामा हाम्रा पाठकहरुलाई अन्यौलता, सन्त्रासमा सही सूचना र सन्देश प्रवाह गरी उक्त ऐतिहाँसिक क्षणको साक्षी युगआह्वान बनेको छ,’ बुढाले भने ।

कर्णालीको अभाव र बेरोजगारी समस्यालाई छिचोल्दै उद्यमशिलता, खानी, जल, जंगल, कृषि, जडिबुटीको उत्खनन्, प्रशोधन र पर्यटनको सम्भावना खोजीबारे हाम्रो निरन्तर पैरवी गर्दै आएको उनले बताए । प्रदेश सरकार, संसद र स्थानीय सरकारका क्रियाकलापबारे नागरिकलाई जानकारी दिलाउनु युगआह्वानको मुख्य कर्म भएको उनको भनाई थियो । पद, प्रतिष्ठा र शक्तिको दुरुपयोगबाट हुन सक्ने कानुन विपरितका गतिविधिलाई रोक्न, सुधार गर्नु, खबरदारी गर्नु हाम्रो प्रमुख धर्म हो ।

अधिकार प्राप्त अधिकारीबाट हुन सक्ने अनियमितता, भ्रष्टाचार, मनपरीविरुद्ध खबरदारी गर्न चुकेका छैनौं । पत्रिकामार्फत खोज, अनुसन्धानमूलक समाचार, लेख रचनासँगै कला, साहित्य, भाषाभाषी, लोककलाको संरक्षण र सम्वद्र्धन समेत गर्दै आएको छ ।











