जुवा खालबाट १० जना पक्राउ,१ लाख बढी नगद बरामद

गाेल्डेन बुढा

जुम्ला,२८ असार।

जुम्लाको पातारासी गाउँपालिका -५ लासीबजारमा जुवातास खेलिरहेका हाेटल संचालक सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।लासीबजारमा ४८ वर्षीया उर्मिला बुढाले संचालन गरेको ओम हिमा हाेटलबाट जुवातास खेलिरहेको अवस्थामा नगदसहित १० जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

दिउँसो ५ बजेर ४० मिनेटमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी असीम हमालले बताए।जुवातास खेलिरहेको छ,भने गाेप्य सूचनाको आधारमा पक्राउ गरिएको थियोे। उक्त बजार सदरमुकाम देखि झण्डै १५ किलोमिटर पूर्वमा पर्ने लासीबजारमा उर्मिला बुढाले सञ्चालन गरेको ओम हिमा होटलमा प्रहरीले छापा हानेको थियो ।हमालको नेतृत्वमा खटिएको टाेलीले उनीहरूलाई नगद १ लाख २८ हजार २ सय रूपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा पातारासी पातारासी-४ बस्ने राम बुढा, पातारासी-५ बस्ने धनबहादुर बुढा, श्यामबहादुर रेउले, कर्ण बुढा, नैन बुढा, गोविन्द बुढा, पातारासी-६ बस्ने पूर्णसिंह महतारा, गोरख बुढा, ७ बस्ने अनिल खड्का रहेका छन्।पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय जुम्लाले जुवातास, लागूऔषध नियन्त्रण गर्न अभियान नै चलाइरहेको छ । जुवातास खेल्दा धन सम्पत्तिको सत्यनाश हुने भन्दै बस्ती स्तरमा सचेतना फैलाइरहेको प्रहरीले पछिल्लो समयमा जुवातास खेलेको संकेत पाउनेबित्तिकै छापा हान्न सुरु गरेको हो ।

जुवा खालबाट १० जना पक्राउ,१ लाख बढी नगद बरामद

शिक्षा र संस्कारको संगम: कोहलपुर जीवनज्योती स्कुलमा

जुवा खालबाट १० जना पक्राउ,१ लाख बढी नगद बरामद

तिलामा भिडबाट लडेर एकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds