बाँकेको नौबस्ता बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु
बाँके ,२५ भदौ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ ।
घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् । गएराति सुधारगृहमा झडप भएको थियो ।
त्यसक्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो । घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको स्रोतले पुष्टि गरेको छ । घाइते दुई जनाको उपचार जारी छ । अहिले बाल सुधारगृह र अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ ।





