तिहार नजिकिँदै जुवातासमा कडाइः नेपालगञ्जमा १४ जुवाडी १३ लाखसहित पक्राउ

बाँके २३ असोज ।

।तिहार पर्व नजिकिएसँगै बाँके जिल्लामा जुवातासका गतिविधि बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले कडाइ गरेको छ । सोही क्रममा गएराति नेपालगञ्जबाट प्रहरीले १४ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जुवातास नियन्त्रणका लागि मातहतका सबै प्रहरीलाई कडाइका साथ निगरानी र कारबाही गर्न निर्देशन दिएका थिए । सो निर्देशनअनुसार सक्रिय बनेको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–२ बाईपास रोडस्थित बिज्ञान श्रेष्ठले सञ्चालन गरेको मौरी रेष्टुरेन्टमा छापा मारेको हो ।

छापा मार्ने क्रममा प्रहरीले रेष्टुरेन्टको दोस्रो तल्लामा रातो र सेतो पर्दा बिछ्याई खाल बनाएर जुवा खेलिरहेका १४ जनालाई नियन्त्रणमा लिएको छ । सो क्रममा प्रहरीले १३ लाख ६३ हजार ८ सय रुपैयाँ नगद, खेलिँदै गरेको २ गड्डी तास र नखोलेको ८ गड्डी तास समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले जानकारी दिए ।

एसपी जिसीका अनुसार तिहारलगायत चाडपर्वको समयमा जुवातास, सट्टेबाजी र अन्य अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि निरन्तर कारबाही जारी राखिने छ ।

 

तिहार नजिकिँदै जुवातासमा कडाइः नेपालगञ्जमा १४ जुवाडी १३ लाखसहित पक्राउ

अझै ४५ जना बालबन्दी फरार

Leave a comment

Your email address will not be published. Required fields are marked *