राष्ट्रिय स्वतन्त्र पार्टीको नगर कमिटी अध्यक्षमा लाेकेन्द्र वलि

दुर्गा विसि

सल्यान ,२४साउन।
राष्ट्रिय स्वतन्त्र पार्टीकाे सल्यान पश्चिम सल्लिवजारमा प्रथम ऎतिहासिक भेला सम्पन्न भएको छ ।भेलाले नगरपालिका स्तरीय कमिटी समेत सर्वसहमतिमा चयन गरेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बनगाड कुपिण्डे नगरपालिकामा सल्यानको नयाँ नेतृत्व चयन पछि युवा पिढिमा खुसियाली समेत छाएको छ ।सभापति लोकेन्द्र वली,उप सभापति जयकृष्ण लामिछाने,सचीव राम बहादुर केसि,सह सचिव,रुपलाल बुढा,कोषाध्यक्ष दिपा बिष्ट
सदस्य मिलन बुढामगर, सजन विष्ट, रामबहादुर विष्ट, कुमार बुढा, लिलाधर पुरी, लक्ष्मण परियार, पहलमान पुन, जानकी राना, रत्न बहादुर बिक र जानकी कवरमगरको नगर कमिटीलाई गठन गरिएको छ ।

भेलालाई प्रदेश महामन्त्री ललित चन्द,उद्योग वाणिज्य केन्द्रीय सदस्य केवल गिरि,जिल्ला पार्टी सभापति प्रकाश नेपाली लगाएतले शुभकामना मन्तव्य र समसामयिक विषयमा धाराना राखेको जनाएको छ ।नव गठित नगर कमिटी सभापति वलिलि अन्य पार्टी भन्दा फरक धारणा र फरक बाटाेबाट अघि वढ्ने प्रतीवद्ता व्यक्त गरिएको रास्वापाले जनाएको छ ।साथै आज नै नगर कमिटीकाे बैठक वसेर १२ वटै वडामा कार्याविभाजन र जिम्मेवारी ताेकिएको जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको नगर कमिटी अध्यक्षमा लाेकेन्द्र वलि

बाह्य पर्यटकलाई भित्र्याउने र धेरैदिन भ्रमणकाे वातावरण

राष्ट्रिय स्वतन्त्र पार्टीको नगर कमिटी अध्यक्षमा लाेकेन्द्र वलि

सुचारु भयो अवरुद्घ कर्णाली राजमार्ग

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds