कर्णालीका तिन जिल्लामा शतप्रतिशत रोपाइँ
गाेल्डेन बुढा
जुम्ला,२४ साउन।
कर्णालीका तीन वटा जिल्लामा शतप्रतिशत धान राेपाइ भएको छ। प्रदेशका १० जिल्ला मध्ये तीन जिल्लामा शतप्रतिशत राेपाइ भएको हो।कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालकाे तथ्यांक अनुसार जुम्ला,हुम्ला र डाेल्पामा हुन्। यता कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दिपकसिंह धामीका अनुसार हजार ८ सय ९० क्षेत्रफल हेक्टर जमिनमा धान राेपिएकाे छ। जुम्लामा स्थानीय जुम्ली मार्सी धान, चन्दननाथ -१ र चन्दननाथ-३ जातकाे धान खेती गरिन्छ।यता डाेल्पामा पनि शतप्रतिशत राेपाई सकिएको छ।१ सय ९८ क्षेत्रफल हेक्टर राेपाइ हुन्छ।
यस्तै हुम्लामा पनि शतप्रतिशत राेपाई गरिएको छ। पाँच सय ८५ क्षेत्रफल हेक्टर धान खेती भइरहेको छ।यस्तै निर्देशनालयका निमित्त निर्देशक तिलकप्रसाद पाण्डेकाअनुसार कालिकोटमा ९८ प्रतिशत राेपाइ गरिएको छ।दुई हजार ४ सय ६२ क्षेत्रफल हेक्टर मध्ये २ हजार ४ सय १२ दशमलव ७६ क्षेत्रफल हेक्टर राेपिएकाे हो। बागवानी विकास अधिकृत तथा सूचना अधिकारी टेक राज रेग्मीका अनुसार मुगुमा ९९ प्रतिशत राेपाई सकिएको छ। ५ सय ४४ क्षेत्रफल हेक्टर मध्येको ५ सय ३८ दशमलव ५६ क्षेत्रफल हेक्टर राेपाई गरिएको छ।सूचना अधिकारी रेग्मीका अनुसार सल्यानमा भने,९९ प्रतिशत धान राेपाई गरिएको छ।सल्यानमा ६ हजार १ सय ३४ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिन मध्ये ६ हजार ७२ दशमलव ६६ हेक्टर क्षेत्रफल धान राेपिएकाे हो।दैलेखको ७ हजार ६ सय २० क्षेत्रफल हेक्टर जमिन मध्ये ७ हजार ८६ दशमलव ६ क्षेत्रफल हेक्टर धान राेपिएकाे छ।
अर्थात ९३ प्रतिशत धान राेपिएकाे छ। यता जाजरकोट २ हजार ६ सय ४५ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिन मध्ये २ हजार ६ सय २३ दशमलव ८४ क्षेत्रफल हेक्टर अर्थात ९९ प्रतिशत धान राेपिएकाे छ। यस्तै रुकुमपश्चिममा भने,९९ प्रतिशत धान राेपाई गरिएको छ।तिन हजार ४३ क्षेत्रफल हेक्टर खेतीयोग्य मध्ये तीन हजार १२ दशमलव ५७ क्षेत्रफल हेक्टर राेपिएकाे छ। यस्तै सुर्खेतमा ९५ प्रतिशत धान राेपाइ पुरा भएको छ।१४ हजार ९ सय २१ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिन मध्ये १४ हजार १ सय ७४ दशमलव ९५ क्षेत्रफल हेक्टर धान राेपिएकाे कृषि विकास निर्देशनालयले जनाएको छ।बागवानी विकास अधिकृत तथा सूचना अधिकारी टेक राज रेग्मी कर्णाली प्रदेशमा कुल ४१ हजार ४२ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिनमध्ये ३९ हजार ५ सय ९४ दशमलव ९ क्षेत्रफल हेक्टरमा धान खेती भइरहेको बताउँछन्।अर्थात् ९६ दशमलव ४७ प्रतिशत रोपाइँ सकिएको छ।
यो जिल्लाको धेरै जसो भू-भाग आकाशे पानीमा निर्भर छ ।तथ्याङ्क हेर्दा कर्णालीका विभिन्न जिल्लामा मनसुनको प्रभाव, सिँचाइको उपलब्धता र किसानको सक्रियतामा रहेको भिन्नतालाई उजागर गरेको छ । हिमाली जिल्लाहरूमा रोपाई छिटो सकिने प्रवृत्ति देखिए पनि पहाडी र उपत्यकाका जिल्लाहरूमा भने प्रगति सुस्त रहेको छ।





