हिमा नदिमा बालक बेपत्ता

गाेल्डेन बुढा

जुम्ला,२५ असार।

जुम्लाकाे हिमा नदिमा एक बालक बेपत्ता भएका छन्।हिमा गाउँपालिका -७ बागबजारका यमन शाही बेपत्ता भएका हुन्। अभेन्द्र शाहीका ५ वर्षका शाहीको दिउँसो २ बजे ५० मिनेटमा बेपत्ता भएका थिए।उनी हिमा नदिमा बालुवा खेल्ने क्रममा बगेर बेपत्ता भएको वडा अध्यक्ष बिक्रम शाहीले बताए।अहिले अस्थायी प्रहरी पाेष्ट जुगाडका प्रहरी सहायक निरिक्षक डेनी थापाको नेतृत्वको टाेलीले स्थानीय सक्रियतामा खाेजीकार्य गरिरहेको छ।

यता जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बालबालिकालाई बर्षाकाे बेलामा नदि खाेलामा छाडा नछाेन अनुरोध गरे।

हिमा नदिमा बालक बेपत्ता

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ सम्पन्न,

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds