चट्याङले १ सय ९७ भेडा मरेको पुष्टि

गाेल्डेन बुढा

जुम्ला,२४ असार।

जुम्लाको गुठिचौर गाउँपालिका-५ धाैलीगाडकाे ठूलाे हाँका पाटनमा चट्याङ पर्दा १ सय ९७ भेडा मरेकाे पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिनबाबु रेग्मीका अनुसार ६ जना किसानका भेडा मरेका हुन्। कति किसानका कति -कति मरे भन्ने तथ्यांक प्राप्त भएको छैन्।केही बेरमा आउनेछ।उनलाई भने,सोमबार दिउँसो साढे ४ बजे पाटनमा चरिरहेका भेडाको बथानमा चट्याङ पर्दा १ सय ९७ भेडा मरेका हुन्।जिल्ला प्रहरी कार्यालय जुम्लाले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको टोली घटनास्थल पुगेर चट्याङले मरेका भेडाको गणना गरेको थियो।

चट्याङले घाइते भएका सिंजा-६ भाडगाँउका ५२ वर्षका धनबहादुर रावतकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।

घाइतेलाई १२ बजे अस्पताल पुर्‍याइएकाे घाइतेका भाई बिरमान रावतले बताए।घाइते रावतलाई बिचबाटो सम्म स्टेचरकाे सहायता बाट ल्याइएको थियो।भने अस्पताल सम्म गाडीमा ल्याइएको हो।डीएसपी रबिनबाबु रेग्मीले घटनास्थल पुगेर टोली फर्किएको बताए।

चट्याङले १ सय ९७ भेडा मरेको पुष्टि

एकल महिला र अपांगता व्यक्तिलाई वडाले दियो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds